back
CTIZAN AD

सोमबार मुख स्वास्थ्य दिवस मनाइँदै

वि.सं.२०७३ चैत ५ शनिवार

864 

shares

५ चैत,काठमाडौँ । नेपालीलाई मुख स्वास्थ्यबारे जानकारी गराउन नेपालमा आगामी सोमबार (मार्च २०) का दिन विश्व मुख स्वास्थ्य दिवस–२०१७ मनाउन लागिएको छ ।

विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मनाउन लागिएको मुख स्वास्थ्य दिवसमा विभिन्न जटिल रोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक हो भन्ने सन्देश दिन खोजिएको आयोजक नेपाल डेन्टल एसोसिएसनको भनाइ छ ।

एसोसिएसनका अध्यक्ष सन्तोषमान राजभण्डारीले सरकारले अन्य रोगलाई गम्भीरताका साथ लिई निदान र उपचारमा लगानी गरेपनि मुख स्वास्थ्यलाई आफ्नो प्राथमिकतामा नराखेको बताउनुभयो । वीर अस्पतालका दन्त विशेषज्ञ डा प्रकाश बुढाथोकीले रोगको प्रवेशद्वार नै मुख भएकाले रोगको प्रवेश शरीरभित्र हुन नदिन समयसमयमा मुखको परीक्षण गर्नु आवश्यक भएको बताउनुभयो ।

दन्तरोग विशेषज्ञ डा सुवास घिमिरेले मधुमेह, उच्च रक्तचाप, क्यान्सरलगायतका रोग छैन भनेर मुखको सम्पूर्ण जाँच गर्दा थाहा पाउन सकिने बताउनुहुन्छ । वल्र्ड डेन्टल फेडरेसनका अनुसार फ्लोराइडयुक्त दन्तमञ्जनले दिनमा दुईपटक दाँत माझ्नाले गिजा र दाँतलाई बचाउन सकिन्छ । फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझ्दा दुई मिनेटमा ९५ प्रतिशत मुखको ब्याक्टेरिया हटेर जाने दन्त चिकित्सक बताउँछन् ।

उहाँले भन्नुभयो, “हरेक नेपालीलाई कुनै न कुनै प्रकारको मुखसम्बन्धी समस्या छ । सहरी स्कुले विद्यार्थीमा तयारी खाना खाने कारणले दाँत सड्ने समस्या बढी देखिएको छ । त्यसैले सानैबाट मुख स्वस्थ राख्न अन्य जाँच जस्तै मुखको पनि परीक्षण गरिरहनुपर्छ ।” नेपाल मेडिकल परिषद्मा हालसम्म एक हजार ९६० दन्त चिकित्सक छन् भने ५४६ दन्त विशेषज्ञ दर्ता छन् ।

दन्त चिकित्सक कालुसिंह खत्री सबै विशेषज्ञ सहर केन्द्रित भएकाले उनीहरुलाई विकेन्द्रीकरण गरी सबै विकट क्षेत्रमा पु¥याउन सरकारले लोकसेवामार्फत दन्त चिकित्सक खटाउनुपर्ने बताउनुहुन्छ ।

हाल १२ दन्त कलेजमार्फत वार्षिकरुपमा नेपालमा मात्र ३०० चिकित्सक उत्पादन हुन्छन् भने तीमध्ये ६७ जना छात्रवृत्तिमा अध्ययन गरेका हुन्छन् । सन् २०१७ देखि यो सङ्ख्या दोब्बर हुने एसोसिएसनको भनाइ छ । सरकारले नीति बनाएरै देशका सबै स्वास्थ्य संस्थामा परिचालन गर्नुपर्ने दन्त चिकित्सकको भनाइ रहेको छ । रासस

वि.सं.२०७३ चैत ५ शनिवार १३:२९ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...