back

सौर्य सडक बत्तीको बोलपत्रमा अनियमितता

वि.सं.२०७३ चैत ५ शनिवार

585 

shares

५ चैत,चरिकोट  । दोलखाको भीमेश्वर नगरपालिकामा सौर्य सडक बत्ती जडान गर्ने बोलपत्र आह्वानमा अनियमितता भएको सार्वजनिक भएको छ ।

सौर्य सडक बत्ती जडान गर्ने भन्दै बोलपत्र आह्वानका लागि भीमेश्वर नगरपालिकाले गत माघ १० गते सूचना प्रकाशन गरेको थियो । बोलपत्र आह्वान गरेको नगरपालिकाले फागुन १२ गते रितपूर्वक तीनवटा कम्पनीले बोलपत्र पेस गरेकामा सूर्य रोशनी इन्डस्ट्रियल प्रालि पुतलीसडक काठमाडौँलाई जडानका लागि छनोट गरेको थियो ।

बत्ती जडानका लागि सूर्य रोशनीलाई स्वीकृति दिइएको तर नगरपालिकाका केही कर्मचारीले रकम माग गरेपछि उसले कमिसन रकम दिन नसक्ने भनेसँगै जडान प्रक्रिया रद्द गरेको खुल्न आएको छ ।

नगरपालिकाले टेन्डर आह्वान गरेको प्रथम पटककोे प्रक्रियालाई रद्द गरी पुनः अर्काे सूचना चैत ३ गतेको दोलखाको स्थानीय दैनिकमा प्रकाशन गरेको छ । स्रोतका अनुसार नयाँ प्रक्रिया थालेर नगरपालिकाका कर्मचारीले कमिसन खान अर्काे सूचना निकालेको बुझिएको छ ।

सूचनामा पुनः अर्काेपटक सूचना प्रकाशन गर्दा पनि नगरपालिकाले दोस्रोपटक प्रकाशित भनेरसमेत उल्लेख गरेको छैन ।

यता, सौर्य बत्ती खरिद तथा जडान प्रक्रियाबारे भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत नरबहादुर विकलाई जिज्ञासा राख्दा कार्यालयभित्रकै कर्मचारीबीच विवाद र समन्वय नहुँदा टेन्डर प्रक्रिया रद्द गरेको बताउनुभयो । उहाँले आफू कुनै कमिसन र आर्थिक चलखेलमा नलागेको दाबीसमेत गर्नुभयो । विकले संस्थाभित्र समन्वय नभएकै कारण प्रक्रिया उल्ट्याएको स्वीकार गर्नुभयो । माघ महिनामा निकालिएका सूचनामा रकम उल्लेख गरिएको छैन भने दोस्रो सूचनामा रु ९१ लाख २७ हजार १२३ को बोलपत्र आह्वान गरिएको छ ।

नगरपालिकाका स्थानीयवासी कमिसनको लोभमा कर्मचारीले पटकपटक सूचना निकालेर टेन्डर प्रक्रिया थाल्नु र रद्द गर्नुले नगरपालिकाको दुर्नियत रहेको बताउँछन् । एक स्थानीयवासी भन्छन् – यो सरासर नगरपालिकाको कमाउने धन्दा हो । उज्यालोबाट अँध्यारोमा धकेल्न नगरपालिकाका कर्मचारी उद्यत छन् ।

वि.सं.२०७३ चैत ५ शनिवार १३:३१ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...