back
CTIZAN AD

सौर्य सडक बत्तीको बोलपत्रमा अनियमितता

वि.सं.२०७३ चैत ५ शनिवार

762 

shares

५ चैत,चरिकोट  । दोलखाको भीमेश्वर नगरपालिकामा सौर्य सडक बत्ती जडान गर्ने बोलपत्र आह्वानमा अनियमितता भएको सार्वजनिक भएको छ ।

सौर्य सडक बत्ती जडान गर्ने भन्दै बोलपत्र आह्वानका लागि भीमेश्वर नगरपालिकाले गत माघ १० गते सूचना प्रकाशन गरेको थियो । बोलपत्र आह्वान गरेको नगरपालिकाले फागुन १२ गते रितपूर्वक तीनवटा कम्पनीले बोलपत्र पेस गरेकामा सूर्य रोशनी इन्डस्ट्रियल प्रालि पुतलीसडक काठमाडौँलाई जडानका लागि छनोट गरेको थियो ।

बत्ती जडानका लागि सूर्य रोशनीलाई स्वीकृति दिइएको तर नगरपालिकाका केही कर्मचारीले रकम माग गरेपछि उसले कमिसन रकम दिन नसक्ने भनेसँगै जडान प्रक्रिया रद्द गरेको खुल्न आएको छ ।

नगरपालिकाले टेन्डर आह्वान गरेको प्रथम पटककोे प्रक्रियालाई रद्द गरी पुनः अर्काे सूचना चैत ३ गतेको दोलखाको स्थानीय दैनिकमा प्रकाशन गरेको छ । स्रोतका अनुसार नयाँ प्रक्रिया थालेर नगरपालिकाका कर्मचारीले कमिसन खान अर्काे सूचना निकालेको बुझिएको छ ।

सूचनामा पुनः अर्काेपटक सूचना प्रकाशन गर्दा पनि नगरपालिकाले दोस्रोपटक प्रकाशित भनेरसमेत उल्लेख गरेको छैन ।

यता, सौर्य बत्ती खरिद तथा जडान प्रक्रियाबारे भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत नरबहादुर विकलाई जिज्ञासा राख्दा कार्यालयभित्रकै कर्मचारीबीच विवाद र समन्वय नहुँदा टेन्डर प्रक्रिया रद्द गरेको बताउनुभयो । उहाँले आफू कुनै कमिसन र आर्थिक चलखेलमा नलागेको दाबीसमेत गर्नुभयो । विकले संस्थाभित्र समन्वय नभएकै कारण प्रक्रिया उल्ट्याएको स्वीकार गर्नुभयो । माघ महिनामा निकालिएका सूचनामा रकम उल्लेख गरिएको छैन भने दोस्रो सूचनामा रु ९१ लाख २७ हजार १२३ को बोलपत्र आह्वान गरिएको छ ।

नगरपालिकाका स्थानीयवासी कमिसनको लोभमा कर्मचारीले पटकपटक सूचना निकालेर टेन्डर प्रक्रिया थाल्नु र रद्द गर्नुले नगरपालिकाको दुर्नियत रहेको बताउँछन् । एक स्थानीयवासी भन्छन् – यो सरासर नगरपालिकाको कमाउने धन्दा हो । उज्यालोबाट अँध्यारोमा धकेल्न नगरपालिकाका कर्मचारी उद्यत छन् ।

वि.सं.२०७३ चैत ५ शनिवार १३:३१ मा प्रकाशित

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...