back

मुसहर बस्ती बनाउन स्पेनका नेपालीको सहयोग

वि.सं.२०७३ चैत ५ शनिवार

183 

shares
NTC AD
Global IME AD

५ चैत,बर्दिवास  । प्रवासी नेपाली मञ्च, स्पेन शाखाले आज महोत्तरी जिल्लाको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि रु तीन लाख तीन हजार ६७० रकम सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

स्पेनमा रहेका नेपालीबाट सङ्कलित सो रकम नमुना बस्ती परियोजनास्थलमा आयोजित एक कार्यक्रमबीच मञ्चका स्पेन शाखाका संस्थापक अध्यक्ष पुष्प तिमिल्सिना र कोषाध्यक्ष दिनेश रेग्मीले बस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)लाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष तिमिल्सिनाले फाउन्डेसनले राष्ट्रिय एकता र आपसी सद्भाव वृद्धिसँगै गरिबको उत्थानका लागि गरेको प्रयत्न प्रशंसनीय भएको बताउनुभयो । हास्यकलाकार धुर्मुसले संसारभरि छरिएर रहेका मनकारी नेपाली र अन्य सहयोगीको साथ पाएर नै आपूm मुसहर बस्ती निर्माणमा जुटेको बताउनुभयो । सोही कार्यक्रममा बर्दिवास–१ का देवेन्द्र गौतमले बस्ती निर्माणमा आफ्नोतर्फबाट एक लाख २५ हजार १०१ फाउन्डेसनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गर्नुभएको थियो ।

गत पुस २५ गतेदेखि निर्माण थालिएको नमुना बस्ती निर्माणको अनुमानित लागत रु चार करोड ३८ लाख रहेको छ । बस्ती निर्माणको कार्य चैत मसान्तमा सकेर आउने नयाँ वर्षका दिन मुसहरहरुलाई हस्तान्तरण गरिने फाउन्डेसनले यसअघि नै घोषणा गरिसकेको छ ।

नमुना बस्तीमा ५० मुसहर परिवारका लागि बिजुली, खानेपानी, शौचालय, सडक सुविधासहितका अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधी घर बनेको धुर्मुसको भनाइ छ । घर निर्माणको कार्य लगभग ८० प्रतिशत सम्पन्न भएको फाउन्डेसनले जनाएको छ । रासस

वि.सं.२०७३ चैत ५ शनिवार १३:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत...

सुदूरपश्चिमसहित पाँच प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ (चितवन) । कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका...

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...