back
CTIZAN AD

अर्थोडक्स चियाको प्रशोधन आधुनिक प्रविधिबाट

वि.सं.२०७३ चैत ५ शनिवार

774 

shares

५ चैत, त्रिशूली  । हातले माडेर उत्पादन गर्दै आएको अर्थोडक्स चिया नुवाकोटका किसानले अब आधुनिक प्राविधिबाट सुरु गरेका छन् ।

चिया तथा कफी विकास बोर्डको सहयोगमा अर्थोडक्स चिया उत्पादन केन्द्रले किम्ताङमा रु १६ लाखको लगानीमा चिया प्रशोधन उपकरण जडान गरी आधुनिक प्रविधिमार्फत उत्पादन सुरु गरिएको हो ।

उपकरण खरिदमा केन्द्रको रु १२ लाख र स्थानीय किसानले रु चार लाख लगानी छन् । नुवाकोटको किम्ताङ, बुङताङ, देउराली आसपासका क्षेत्रका किसानले लगाएको चिया प्रशोधनका लागि केन्द्रको सहयोगमा सञ्चालनमा ल्याएको उक्त प्रविधिले किसानलाई व्यावसायिक बनाउन सहयोग पुगेको किम्ताङका अर्थोडक्स चिया किसान तथा चिया उत्पादन केन्द्रका अध्यक्ष सोमबहादुर तामाङले बताउनुभयो ।

नुवाकोटमा २०६१ सालदेखि सरु भएको चियाखेती अहिले एक दर्जन किसानले व्यावसायिक रुपमा सुरु गरेका छन् । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भए पनि उन्नतखेती, त्यसका लागि आवश्यक पर्ने उपकरण र बजार विस्तार नहुँदा समस्या भएको बुङताङका चिया किसान जगतबहादुर तामाङको गुनासो छ ।

चियाखेती गर्ने किसानका लागि जिल्ला कृषि विकास कार्यालयबाट प्राविधिक सहयोग र लक्षित कार्यक्रम सञ्चालन गरेमा गुणस्तरियता उत्पादनमा वृद्धि गर्न सकिने तामाङले बताउनुभयो । रासस

वि.सं.२०७३ चैत ५ शनिवार १३:४२ मा प्रकाशित

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...