back
CTIZAN AD

यसकारण कमजोर बन्यो चुनावी तालमेलको सम्भावना

वि.सं.२०७९ वैशाख ५ सोमवार

768 

shares

काठमाडौं । सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको विषय थप पेचिलोपूर्णं बन्दै गएको छ । मुख्यतः ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा दलहरुले आ–आफ्नो अडान नछाडेपछि तालमेलको विषय पेचिलोपूर्णं बन्दै गएको हो । सत्ता नेतृत्वमा रहेको नेपाली कांग्रेसले सबैजसो महानगर र उपमहानगरमा दाबी गरेको छ भने अन्य साझेदार दलहरुले पनि आ–आफ्नो पुरानै दाबी कायमै राखेका छन् ।

गत चैत २४ देखि निरन्तर तालमेलको मोडालिटी बनाउन दलहरुबीच छलफल भएपनि सहमति जुट्न सकेको छैन् । निर्णायक छलफल भनिएको भएपनि आइतबारको छलफल सबैका अडान यथावत रहेसँगै विना निष्कर्ष सकिएको थियो । सोमबार पुनः बैठक बोलाइएको भएपनि सहमति हुनसक्ने सम्भावना निकै झिनो रहेको नेताहरुले नै बताएका छन् ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेल कांग्रेससँगै एकीकृत समाजवादीको अडानले तालमेलको विषय पेचिलोपूर्णं बन्दै गएको बताउँछन् । उनका अनुसार दुई दलभित्रको विवाद बढ्दै जाँदा जसपाभित्र पनि विवाद बढ्न थालेको छ ।

“कांग्रेसभित्र तलदेखि नै अन्तरविरोध बढ्न थालेको छ, यहीबीचमा एकीकृत समाजवादीले एमालेको हैसियतअनुसार भागवण्डा खोजेको छ ।”, गजुरेलले भनेका छन्, “दुवैका अडानले विषय पेचिलो बन्दा जसपाभित्र अर्को विवाद देखिएको छ ।”

जसपाको बाबुराम भट्टराई पक्ष कतिपय ठाउँमा एमालेसँग सहकार्य गर्नुपर्ने लाइनमा देखिएको छ । भट्टराईले एमालेसँग सहकार्यको मोडालिटी तयार गर्न नेताहरुसँग बेग्लाबेग्लै भेटघाट पनि गरिरहेका छन् ।

पौडेल नेतृत्वको समितिको प्रस्ताव अलपत्र

आगामी चुनावमा तालमेल गर्ने मोडालिटी तयार गर्न सत्ता साझेदार दलहरुले कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समितिको गठन गरेका थिए । पौडेल नेतृत्वमा गठित समितिले ०७४ को निर्वाचनको नतिजाअनुसार मोडालिटी तयार गर्न प्रस्ताव गरेको थियो । समितिले तत्कालिन निर्वाचनमा जित्ने दलले नै उक्त स्थानीय तहमा दाबी गर्ने र बाँकीमा स्थानीय कमिटीको रिपोटिङ्गका आधारमा निर्णय गर्ने प्रस्ताव गरेको थियो ।

तर, सत्ता गठबन्धनको मुख्य दल कांग्रेसभित्रै उक्त विषयमा असन्तुष्टि छ । कांग्रेसभित्र ६ महानगरपालिकामै दाबी गर्नुपर्ने माग उठेको छ । ११ उपमहानगरमध्ये अधिकांशमा कांग्रेसले दाबी गरेको छ । ०७४ मा भएको निर्वाचनमा भने कांग्रेसले २ महानगर र २ उपमहानगरमा मात्रै जितेको थियो । तर, कांग्रेसले नेकपाको विभाजन र एमाले पनि विभाजित अवस्थामा भएको कारण सबै महानगर र उपमहानगर आफ्नो अनुकुल भएको दाबी गरिरहेको छ ।

‘मित्रवत प्रतिस्पर्धा’को प्रस्ताव

सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल गर्ने विषय पेचिलोपूर्णं बनिरहेका बेला कांग्रेसभित्र ‘मित्रवत् प्रतिस्पर्धा’ गर्नुपर्ने धारणा आउन थालेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले तालमेलको सम्भावना न्यून रहेको भन्दै महानगर र उपमहानगरमा मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा बोल्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय नेता तथा कार्यकर्ताको भावना विपरित तालमेल गर्न नहुने प्रस्ताव बैठकमा राखेका थिए । उनले बैठकमा भनेका थिए, “भरतपुरमा कांग्रेसले पनि छोड्ने अवस्था छैन । माओवादी केन्द्रले पनि नछोड्ने बताइरहेको छ । स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ भरतपुरसहितका केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्नुपर्छ । यही नै सबैका लागि हितकर छ ।”

सत्ता साझेदार दलहरुले गत १७ चैतमै सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गर्ने निर्णय गरेका थिए । चुनावी तालमेल गर्न बनाइएको संयन्त्र पछिल्ला विवादले अर्थहिन बन्न थालेको छ ।

सम्बन्धित समाचार

गठबन्धनभित्र बढ्दो किचलो : के भरतपुरमा तालमेलको सम्भावना सकिएकै हो ?

वि.सं.२०७९ वैशाख ५ सोमवार १२:५० मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...