back
CTIZAN AD

आजै भागवण्डा टुङ्ग्याउने तयारी, कहाँ कुन दलको दाबी ?

वि.सं.२०७९ वैशाख ५ सोमवार

696 

shares

काठमाडौं । आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेका सत्ता साझेदार दलहरुबीच आजै महानगरपालिका र उपमहानगरको भागवण्डा टुंग्याउने तयारी भएको छ । बालुवाटारमा सुरु भएको दोस्रो चरणको बैठकबाट भागवण्डाको विषय टुंग्याउने तयारी गरिएको गठबन्धनका नेताहरुले बताएका छन् ।

सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको बैठकबाटै चुनावी तालमेलको विषय टुंग्याउने बताएका थिए । उनले तालमेलको विषयमा सहमति नभए सहमति हुनेबीच तालमेल गर्नेबारे पनि तयारी भइरहेको बताएका थिए ।

पत्रकार सम्मेलनबाट प्रचण्ड फर्किएसँगै बालुवाटारमा गठबन्धनको दोस्रो चरणको बैठक सुरु भएको छ । बताइएअनुसार रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको प्रस्तावका आधारमा निर्णय गर्ने तयारी गरिएको छ । पौडेल नेतृत्वको समितिले ०७४ को निर्वाचन नतिजा परिणाम र पछिल्लो रिपोटिङका आधारमा भागवण्डा गर्न सुझाब दिएको थियो ।

तथापी, सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेस र एकीकृत समाजवादीको अडानले दलहरुबीच तालमेलको विषय सकस बनेको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार एकीकृत समाजवादीले एमालेकै हैसियतअनुसार भागवण्डा खोजेको छ ।

कुन दलले कहाँ दाबी गर्दै छन् ?

६ महानगरमध्ये नेपाली कांग्रेसले सबैजसो महानगर आफुँ अनुकुल भएको बताइरहेको छ । तथापी कांग्रेस सभापति शेरबहादुर देउवाले भरपुर, विरगञ्ज र पोखराको बारेमा निर्णय लिएका छैनन् । कांग्रेसले हालसम्म काठमाडौं, ललितपुर र विराटनगरमा दाबी गरेको छ ।

एकीकृत समाजवादीले काठमाडौं र पोखरा महानगरको नेतृत्व मागेको छ । यस्तै, समाजवादीले बुटवल, हेटौंडा र इटहरी उपमहानगरपालिकामा पनि आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले वीरगञ्ज महानगरपालिकाको नेतृत्व दाबी गरेको छ भने विराटनगर महानगरपालिकाको उपप्रमुख मागेको छ ।

माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै बाराको जितपुर–सीमरा र दाङको घोराही उपमहानगरपालिकाको नेतृत्व दाबी गरेको छ ।

एकीकृत समाजवादीबाहेक दावीकर्ता दलहरुले नै कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिन प्रस्ताव गरेको बताइएको छ ।

वि.सं.२०७९ वैशाख ५ सोमवार १५:२१ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...