back
CTIZAN AD

नबिल र परोपकारी अभियान नेपालबीच सम्झौता

वि.सं.२०७९ वैशाख ७ बुधवार

615 

shares

काठमाडौं । दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआइएससी) द्वारा आयोजित ‘युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने’ विषयमा सञ्चालित कार्यशालाको प्रायोजन गरेको छ ।

उक्त कार्यशाला गत चैत्र २५ र चैत २६ गते काठमाडौंमा भएको थियो । बैंकको तर्फबाट नायब महाप्रबन्धक आदर्श बजगाईं र पिआइएससी नेपालका कार्यकारी निर्देशक प्रवीण खनालले युवा उद्यमशीलतालाई मद्दत र प्रवर्द्धन गर्ने उक्त प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए ।
युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित दुई दिने कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमी लगायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए। उत्कृष्ट अवधारणा पिआइएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजक संस्थाले बताएको छ ।

कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरूलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ सेवाहरू प्रदान गर्ने बताएको छ । कार्यशालामा बोल्दै बैंकका नायव महाप्रबन्धक आदर्शले युवा उद्यमशीलता मार्फत आर्थिक वृद्धि तथा दिगो विकाशका लक्ष्यहरू हसिल गर्नुपर्ने बताए । साथै, बैंकमा दिगो बैंकिङ सम्बन्धी छुट्टै विभागले यस सम्बन्धमा काम गर्दै आइरहेको समेत जानकारी गराए ।

संस्थाका कार्यकारी निर्देशक प्रवीण खनालले ‘बजार कहिल्यै मर्दैन– उद्यमशीलता कहिल्यै मर्दैन’ भन्दै राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्वपूर्ण रहेकोमा जोड दिए । साथै, नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले राष्ट्रको आर्थिक उन्नतिमा महिलाद्वारा संचालित व्यवसाय–उद्यमलाई प्रवर्धन गर्नुपर्ने बताइन् ।

वि.सं.२०७९ वैशाख ७ बुधवार ०७:३७ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको...