back
CTIZAN AD

हुन्डाईले पायो ‘वर्ल्ड कार अफ द इयर २०२२’ को उपाधि

वि.सं.२०७९ वैशाख ७ बुधवार

735 

shares

काठमाडौं । हुन्डाई आयोनिक ५ ले वर्ल्ड कार अफ द इयर २०२२ को उपाधि पाएको छ । साथै विभिन्न ६ वटा विधाहरू मध्ये तीन विधामा विजेता समेत बनेको छ ।

फरक डिजाइन र पर्फमेन्सका लागि प्रशंसित यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयरका साथै यो वर्षको विश्व कार अफ द इयर अवार्ड पनि हात पार्न सफल भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डिजाईन अफ द इयर क्याटगोरीमा आयोनिक ५ को फरक शैली र नौलो डिजाइनले अडी इ–टर्न जिटी र किया ईभी ६ लाई पछि पारेको छ । आयताकार हेड र टेल ल्याम्पसहितको आयोनिक ५ को रेट्रो डिजाइन जो कोहीलाई मोहित पार्ने खालको रहेको कम्पनीको दाबी छ । त्यस्तै, आयोनिक ५ ले विश्व कार अवार्डमा पहिलो पटक समावेश रहेको इलेक्ट्रिक भेहिकल अफ द इयर श्रेणीमा पनि इ–टर्न जिटी र मर्सिडिज ईक्यूएस भन्दा अगाडि रहन सफल रह्यो । स्मार्ट मोबिलिटीलाई प्रोत्साहन गर्ने हेतुले सुरु गरिएको यो क्याटगोरीमा हुन्डाईले शीर्ष स्थान पाउनुले स्मार्ट मोबिलिटीप्रतिको प्रतिबद्धता देखाएको कम्पनीको भनाइ छ ।

हुन्डाई आयोनिक ५ ले ‘किया ईभी ६’ र ‘फोर्ड मुस्ताङ मार्च ई’ लाई पछि पार्दै विश्वकै सबैभन्दा ठूलो उक्त अवार्ड हात पार्न सफल भएको कम्पनीले बताएको छ । इन्टरनल कम्बसन इन्जिन कारसहित अन्य सबै कारहरू मध्य छानिने यो जितले बिजुलीका गाडीहरुले पछिल्लो समयमा मारेको फड्कोलाई प्रतिबिम्बित गर्छ । आयोनिक ५ ले गत वर्षको सुरुवातमा रिलिज भएसँगै निकै प्रशंसा बटुलीरहेको कम्पनीको भनाइ छ । विश्वका ३३ विभिन्न देशका १०२ पत्रकारहरूको प्यानलको भोटले छानिने डब्ल्यूसीओटीवाई अवार्डमा यसले ६ मध्ये तीनओटा विधामा विजेता रहनुले आयोनिक ५ को विशिष्टता स्पष्ट पारेको कम्पनीले बताएको छ ।

वि.सं.२०७९ वैशाख ७ बुधवार ०७:३५ मा प्रकाशित

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...