back
CTIZAN AD

नेपाल फाइनान्स २९ औं वर्षमा प्रवेश

वि.सं.२०७९ वैशाख ७ बुधवार

987 

shares

काठमाडौं । निजी क्षेत्रको पहिलो फाइनान्सको रुपमा सञ्चालित नेपाल फाइनान्स २९औं वर्षमा प्रवेश गरेको छ ।

नेपालको सबैभन्दा पूरानो नेपाल फाइनान्सले हाल १० वटा शाखा कार्यालय र काठमाडौंको कालिमाटी र कान्तिपथमा एक्सेटेन्सनमार्फत् सेवा प्रवाह गर्दै आएको छ ।

२०४९ सालमा स्थापना भएको फाइनान्सको साधारण सभाले आगामी ४ वर्षको लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ ।

संस्थापक समूहबाट निर्वाचित सञ्चालकहरुमा हिरेन्द्रमान प्रधान, दीप्रश शाक्य, राजन प्रजापति, बिकेश शाक्य र सर्वसाधारणको तर्फबाट सञ्चालक लक्ष्मी महर्जन निर्वाचित भएका छन् । त्यस्तै फाइनान्सको साधारण सभाले बैंक तथा वित्तीय संस्थालाई गाभ्ने र गाभिने एवम प्राप्ति गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

संस्थाको सञ्चालक समितिको अध्यक्ष हिरेन्द्र मान प्रधानको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सञ्चालक दीप्रश शाक्यले स्वागत मन्तव्य राखेका थिए, भने प्रमुख कार्यकारी अधिकृत उद्दव राज थपलियाले हालसम्मको प्रगति विवरणहरुको बारेमा प्रकाश पारेका थिए । नेपाल फाइनान्सले मोबाइल बैकिङ कनेक्ट आईपीएस आईपीएस आरटीवीएस एटीएम कर्पोरेट–पे आदिबाट आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ ।

वि.सं.२०७९ वैशाख ७ बुधवार ०७:३२ मा प्रकाशित

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...