back
CTIZAN AD

समस्या समाधान गर्न नसक्नेले पदमा बस्न नहुने भन्दै त्रिवि पदाधिकारीको चर्को आलोचना

वि.सं.२०७९ वैशाख ७ बुधवार

849 

shares

काठमाडौ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय तीन महिनासम्म तालाबन्दी हुँदा समेत विश्वविद्यालय खोल्न नसकेको भन्दै चर्को आलोचना गरेका छन् ।

त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघले बुधबार त्रिचन्द्र क्याम्पसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरूले समस्या समाधान गर्न नसक्ने भए पदमा बसिरहन नैतिक रूपमा नमिल्ने भन्दै पदाधिकारीको चर्को आलोचना गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रजातन्त्रवादी कर्मचारी संघका पूर्वअध्यक्ष बलबहादुर थापाले वर्तमान पदाधिकारीहरूले महिनौँ बन्द रहेको त्रिविको समस्या समाधान गर्न नसकेकोले पदाधिकारीहरू असफल भएको भन्दै सबै वर्गीय सङ्गठनहरू मिलेर त्रिविको समस्याहरू हल गर्नुपर्नेमा जोड दिएका थिए ।

No description available.

थापाले नयाँवर्ष २०७९ सालमा त्रिविमा रहेका समस्या हल गर्न कर्मचारीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउदै विश्वविद्यालय रहेमात्र संघ सङ्गठनहरू रहने बताए । उनले सबै मिलेर त्रिविलाई जोगाउने बेला आएको समेत बताए ।

कार्यक्रममा बोल्दै त्रिवि कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद आचार्यले प्राज्ञिक शैक्षिक संस्थाको गरिमा राख्न पदाधिकारीले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्दै विश्वविद्यालय खुल्ला राख्नु पर्ने बताए । त्रिविमा कर्मचारी हक हितका लागि सबै वर्गीय संघ सङ्गठनहरूले आवाज बुलन्द गर्नुपर्नेमा उपकुलपतिले सञ्चार माध्यमबाट कर्मचारीहरूलाई असक्षम भनी अपमान गर्दा समेत संघ सङ्गठनहरूले खबरदारी गर्न नसक्नु दुःखद रहेको बताएका थिए ।

उनले त्रिवि सेवा आयोगले कार्यकारी परिषद्बाट निर्णय भएर पठाएको रिक्त दरबन्दीमा विज्ञापन नगरेर कर्मचारीहरूको वृत्ति विकास र भविष्यमाथि खेलवाड गरिरहेको आरोप समेत लगाए ।

शुभकामना कार्यक्रममा बोल्दै समन्वय महाशाखा प्रमुख दिपक प्रसाद तिवारीले विश्वविद्यालय व्यवस्थित रुपमा चलाउने जिम्मेवारी पाईसकेपछि जुनसुकै सरकारले जिम्मेवारी दिए पनि बिना पूर्वाग्रह आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्न पदाधिकारीलाई आग्रह गर्दै तालाबन्दी गर्नेपक्ष र पदाधिकारी वार्तामा बसेर टुंगोमा पुग्न अपिल गरेका थिए ।

तिवारीले समस्या समाधान भएन भने पदाधिकारीको नैतिकतामा गम्भीर प्रश्न उठ्ने र पदाधिकारि असक्षम ठहिरन सक्ने भन्दै त्यसको जिम्मेवार पदाधिकारि स्वयं हुनु पर्ने समेत बताए । साथै सधैको तालाबन्दीले विश्वमै त्रिविको बेइज्जत हुन पुगेको र विश्वविद्यालयको शाख गिरिरहेको हुँदा विश्वविद्यालय पदाधिकारीलाई बढि जिम्मेवार बन्न र ताला खुलाउन प्रयत्न गर्नुपर्ने अन्यथा कुर्सीमा बसिरहन नसुहाउने बताए ।

तिवारीले तालाबन्दी खुलाउन संघ संगठनहरुलाई पनि जिम्मेवार बन्न अनुरोध गर्दै संस्था रहे संघ संगठन रहने, हामी सबै रहने अन्यथा कोहि नरहने भनी विश्वविद्यालय जोगाउन सबै गम्भीर हुनुपर्ने बताउँदै ताला लगाउने पक्षलाई जिम्मेवार बनी ताला समेत खोलिदिन अनुरोध समेत गरे ।

त्रिवि कर्मचारी संघका पूर्व अध्यक्ष भोजकुमार बस्नेतले त्रिवि कर्मचारी संघ सङ्गठनहरूको भूमिका महत्त्वपूर्ण हुने भए पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताए । सबै संघ सङ्गठनहरूको सहकार्यमा विश्वविद्यालयमा कर्मचारीका समस्या समाधान गर्ने परम्परा रहेको बताउँदै उनले यो संस्कृतिलाई भुल्न नहुने धारणा व्यक्त गरेका थिए । उनले वर्तमान पदाधिकारीहरू असक्षम हुँदै गएको र त्रिवि सेवा आयोग समेत इतिहासमै निकम्मा भएको आरोप पनि लगाएका थिए ।

त्रिवि प्रगतिशील कर्मचारी सङ्गठनका अध्यक्ष छत्रबहादुर कार्की, राष्ट्रिय कर्मचारी सङ्गठनका महासचिव विजयराज ढुङ्गाना, समाजवादी कर्मचारी सङ्गठनका सह संयोजक सोमराज पाण्डे, नर्सिङ् प्रशासक लक्ष्मी केसी लगायतले त्रिविलाई समस्या समाधान गरेर गौरवपूर्ण इतिहास जोगाउन सबै संघ सङ्गठनहरूले राजनीतिक वैचारिक आस्थाभन्दा माथि उठेर सहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

त्रिचन्द्र क्याम्पस प्रजातन्त्रवादी कर्मचारी संघका सभापति रवि पोख्रेलको स्वागत रहेको उक्त कार्यक्रमको अध्यक्षता त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष प्रकाश पुडासैनीले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव ध्रुवराज न्यौपानेले गरेका थिए ।

वि.सं.२०७९ वैशाख ७ बुधवार १९:०३ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...