काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पन्ध्र वर्ष पुरा गरी सोह्र वर्षमा प्रवेश गरेको छ । सिटिजन्स बैंक ०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो । यस १५वर्षको अवधि पार गरि सक्दा बैंकले करिव १३ लाख ५५हजार ग्राहकहरुलाई वितिय सेवा प्रदान गर्न सफल भएको छ ।
सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखा मार्फत चालु आर्थिक बर्षको तेसो्र त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु १ खर्व ४६अर्व६१ करोड रुपैयाँ रहेकोमा कर्जा तर्फ रु १ खर्व ३६अर्व ७२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा करिव रु १अर्व ५८ करोड ९६लाख खुदमुनाफा गर्न सफल भएको बैंकले जनाएको छ ।
बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजन सिंह भण्डारीले संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएको बताउँदै त्यसलाई निरन्तरता दिने बताए । यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेले मिशन टप टेन रणनीति मार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको बताए । साथै उनले आगामी दिनहरूमा वित्तीय क्षेत्रलाई द्रुत नव प्रवर्द्धन र थप आकार दिइने बताए ।
बैंकले आफ्ना ग्राहकहरुको सहजताका लागि कार्ड लेस क्यास विथ ड्रल सेवाको सुरुवात गरेको जनाएको छ । बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको जनाएको छ ।
वि.सं.२०७९ वैशाख ७ बुधवार १७:३६ मा प्रकाशित





























