back
CTIZAN AD

विजय सुवेदीले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

वि.सं.२०७९ वैशाख ८ बिहीवार

702 

shares

काठमाडौँ । स्थानीय तह निर्वाचनमा भरतपुर महानगर पालिकामा एमाले पार्टीका तर्फबाट उम्मेवार बनेका विजय सुवेदीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

उनले पार्टीले भरतपुर महानगर पालिकाको प्रमुख पदमा उम्मेदवारी दिन प्रदेशसभा सदस्य पदवाट राजीनामा गर्न निर्देशन दिएकाले आफ्नो राजीखुसीले राजीनामा दिएको बताएका छन् । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई बिहीबार भेटेर सुबेदीले सांसद पदबाट राजीनामा दिएका हुन ।

‘एमालेले भरतपुर महानगर पालिकाको प्रमुख पदमा उम्मेदवारी दिन प्रदेशसभा सदस्य पदवाट राजीनामा गर्न निर्देशन दिएकाले मैले मेरो राजीखुसीले आज २०७९ वैशाख ८ गते दिनको २ः ४४ वजे हेटौडा प्रदेश सभा सचिवालयमा गई माननीय सभामुख समक्ष प्रदेशसभा सदस्य पदवाट आजैका मितिवाट लागु हुनेगरी राजीनामा दिएको छु।’ सामाजिक सञ्जालमार्फत उनले सो कुराको जानकारी गराएका छन् ।

निर्वाचन आयोगको स्थानीय तहको आगामी निर्वाचनमा उम्मेदवारी दिन बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने बाध्यतात्मक प्रावधान अनुसार सुवेदीले राजीनामा दिएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा अध्यक्ष–मेयरले उपाध्यक्ष–उपमेयरलाई र उपाध्यक्ष–उपमेयरले अध्यक्ष–मेयरलाई राजीनामा दिनुपर्ने व्यवस्था छ ।

सुबेदीलाई एमाले चितवनले महानगरको मेयरको उमेदवारमा उठाउने सर्वसम्मत निर्णय गरिसकेको छ ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १८:२६ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...