back
CTIZAN AD

अमेरिकी सरकारले नगद डलर कारोबारमा कडाई गर्दै, कुनै पनि बेला पक्राउ गर्न सक्ने

वि.सं.२०७९ वैशाख ८ बिहीवार

915 

shares

अमेरिका । अमेरिकी सरकारले नगद डलर कारोबारमा कडाई गर्न लागेको छ । अमेरिकामा डलर नगद कारोबारमा कडाइ हुदै गैरहेको हुँदा सर्तक हुन समाजसेवी तथा विश्लेषक सानुबाबु सिलवालले अमेरिकामा रहेका सबै नेपाली समुदायसँग आग्रह गरेका छन् ।

ढुकुटी खेल्ने, खेलाउने, हुन्डि कारोबार र डलर आतेजाते गर्ने गरेको सप्रमाण उजुरि गरिदिए त्यहाँको अमेरिकी स्टेट एबम फेडरल सरकारले २४ घण्टा भित्र समात्ने प्रपन्च मिलाइसकेको हुँदा यस्ता गतिविधि नगर्न उनको आग्रह छ ।
सिलवालले सञ्जालमा लेखेका छन् :
“अमेरिकामा तपाइको कानुनि आम्दानि भन्दा माथि वा तपाइले कमाएको आम्दानि कर दाखिला भन्दा बाहिर वा माथि वा तपाइ नगद कारोबार गर्दै हुनुहुन्छ वा तपाइ गैरकानुनि रुपमा हुण्डि वा ढुकुटी खेलाएर वा कारोबार गरि वा यि दुबै केसमा तपाइको आफ्नो आम्दानि भन्दा बढि वा तपाइ नगद कारोबार गर्दै हुनुहुन्छ वा तपाइको खल्ति, घर​, कार वा वालेटमा २ हजार डलर भन्दा माथि तपाइले कमाएको कर तिरेको सप्रमाण बुझाउन सक्नु भ​एन भने मनि लन्ड्रिङ्ग केसमा तपाइलाइ कुनै बेला पनि तुरुन्तै जेल चलान गर्न सक्छ । मनि सर्भिसिङ्ग बिजिनेस अन्तर्गत बित्तिय सस्था वा लेगल रुपमा रजिस्ट्रेशन गरेका रिटेलिङ्ग कारोबार अन्तरगत तपाइको नगद कारोबार आदानप्रदान, मनि ट्रान्सफर वा तपाइ ब्याक्ति वा समुह बिचमा नगदको कारोबार गर्दै हुनुहुन्छ वा त्यो रकम कानुनि देखिदैन भने तपाइ फस्नु भयो फानान्सियल क्राइममा र यो अन्तरगत तपाइ डिपोर्ट पनि हुन सक्नुहुन्छ​।

अमेरिकि सरकारले अब फाइनान्सियल क्राइम​, गैरकानुनि नगद आदानप्रदान​, कारोबार ९ हजार ९ सय ९९ डलर भन्दा माथि देखियो र यो रकमको करेन्सि ट्रान्जेक्सन रिपोर्ट आइ आर एस लाइ तपाइ आफै वा तपाइको बित्तिय सस्थाले समयमै रिपोर्टिङ्ग नगरेको भ​ए अब तपाइ फस्न सक्नु हुन्छ​। नियम कडा भयो अमेरिकामा गैरकानुनि नगद कारोबारमा। तपाइले आफ्नो आम्दानिको कर दाखिला गर्नु भ​एको छैन र तपाइ वेस्टर्न युनियन​, हुन्डी, मनि ट्रान्सफर माध्यम वा ढुकुटी खेल्दै, खेलाउदै हुनुहुन्छ भने अब यि काम आजैबाट बन्द गरिदिनोस। अमेरिकन ट्रेजरि, आइ आर एस​, फिनसेन​, राज्य स्तरिय बैन्किङ्ग कमिशनर र तपाइको आफ्नो बैङ्कले तपाइलाइ वाच गर्दै छ अब तपाइको हरेक आर्थिक कारोबार। यदि सस्पिसियस लागेमा तपाइ तत्काल कारबाहिमा पर्न सक्नुहुनेछ​।

अब घरमा, गोजिमा, वालेटमा प्रशस्त नगद बोकेर नहिड्नुहोस​, तपाइको बैङ्किङ खाता, कारोबार, डिपोजिट र विथड्र सबैको वाच हुदैछ अब​। ढुकुटि खेलेर, खेलाएर आर्थिक जोहो र लाभ लिनेहरुका लागि, हुण्डी मार्फत कारोबार गर्नेहरुका लागि अमेरिकामा २०१७ देखिकै निगरानि शुरु हुदैछ​। कुनै पनि बेला ढुकुटि र हुण्डीको केसको सरकारि कार्बाहि र नसिहतको फेला नपर्नुहोला । सकेसम्म ढुकुटी खेल्ने, खेलाउने, हुन्डि कारोबार र डलर आतेजाते गर्ने काम आइन्दा नगर्नुहोला। आइ आर एस फिनसेनको हटलाइनमा कुनै कसैले सप्रमाण उजुरि गरिदिएको २४ घण्टा भित्र समात्ने प्रपन्च मिलाइसकेको छ स्टेट एबम फेडरल अमेरिकन सरकारले। मनि लन्ड्रिङ्ग ठुलो अपराध भ​एकाले आजैबाट सजग हुनुहोला। यो गम्भिर इस्सुको रुपमा अमेरिकन सरकारले कार्बाहि अघि बढाउदै छ​।”

वि.सं.२०७९ वैशाख ८ बिहीवार १८:०३ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...