
काठमाडौं । नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् ।
बिहीबार उनले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् । रोहित तिवारी हाम्रो बजार डटकमका सिइओ हुन् । एकवर्षदेखि प्रेम सम्बन्धमा रहेका अधिकारी र तिवारीले आज विवाह गरेका हुन् ।
केकीले आफु बिवाह बन्धनमा बाधिएको तस्बिर सार्वजनिक गर्दै भनेकी छन्–आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरूव यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ । केकी रोहित ’