back
CTIZAN AD

नयाँघरेकोे याकजी विमोचन

वि.सं.२०७९ वैशाख १० शनिवार

969 

shares

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रहको विमोचन भएको छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गरेका थिए । उक्त नियात्रा कृतिमा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ । विमोचनपछि नाटककार मल्लले– ‘डोल्पाली समाजको असाध्यै सुष्म वर्णन गरिएको यो कृतिकला र शिल्पको हिसाबले महत्वपूर्ण छ । यो कृतियात्रामात्रै नभएर सामाजिक रुपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ भएको’ बताए ।

अर्का समालोचक महेश पौडेलले याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको बताए । उनले भने ‘विवरण भन्दा अनुभूतिले भरिभराउ यो कृतियात्रा लेखनको एक मानकग्रन्थ बन्न पुगेको छ ।’ याकजीमा नयाँघरे शैली मज्जाले भेट्न सकिने धारणा व्यक्त गरे ।

नियात्रा समाज नेपालका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकालले याकजी नेपाली यात्रा साहित्यमा एक अमूल्य कृतिका रुपमा आएको बताउँदै कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार पनि पुस्तकमा भेट्न सकिने बताए । ‘नयाँघरेको मौलिक भाषिक प्रयोग र ठेट नेपालीपनलाई यहाँ पनि आत्मसात् गरिएको अनुभव गर्न सकिन्छ ।’ उनले भने ‘डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म र विशेष कलाकारिता प्रस्तुत गरी लेख्नमा नयाँघरे सफल छन् ।’

समालोचक तथा प्रा.डा. सिर्जना शर्मा उप्रेतीले ‘नयाँघरेको लेखनबाट आफू प्रभावित भएको र यात्रा साहित्यमार्फत् समाजलाई बुझ्न एवम् अनुभव गर्न ठूलो सहयोग पुग्ने’ धारणा राखेका थिए । ‘याकजी पढ्नु भनेको हिमाली सभ्यता, संस्कृति र रहनसहन थाहा पाउनु हो । यो कृति आगामी दिनका लागि पनि भौगोलिक, सांस्कृतिक, प्राकृतिक एवं धार्मिक चरित्रहरुको थप बिस्तारपूर्वक अध्ययन गर्नका लागि सघाउने कृति बन्नपुगेको छ ।’ शर्माले भने ।

याकजीका लेखकयुवराज नयाँघरेले आफ्ना लेखकीय अनुभव बताउँदै– ‘कर्णालीको विकट क्षेत्रको यात्राबाट आपूmले जीवनकै गहिरो दर्शन प्राप्त गरेको’ धारणा प्रस्तुत गरेका थिए । नयाँघरेले भने– ‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व हो । विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरु घुम्नु पर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु । देश चिन्नका लागि डोल्पा एक विशेष स्थान हो । हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नु पर्छ ।’

नियात्राकार नयाँघरेका यो १८औं कृति हो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृतिलगायत उनका आठौं नियात्राका कृतिहरु प्रकाशित छन् । मदन पुरस्कारलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित एवं पुरस्कृत नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यका प्रतिनिधि लेखक मानिन्छन् । नियात्रा समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०७९ वैशाख १० शनिवार ०९:२३ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...