back
CTIZAN AD

ऐतिहासिक दिवस २२ अप्रैलको सन्दर्भमा केही कुरा

वि.सं.२०७९ वैशाख १० शनिवार

798 

shares

२२ अप्रैल क. लेनिनको जन्मदिन हो । एउटा महान् अन्तर्राष्ट्रिय क्रान्तिकारी विचारक, नेतृत्व र योद्धाको रुपमा लेनिन जन्मेको एक ऐतिहासिक दिन हो २२ अप्रैल । यसै ऐतिहासिक दिवसको सन्दर्भ पारेर आजभन्दा ७३ बर्षअघि नेपालका नेवार समुदायका सचेत क्रान्तिकारी युवाहरुले भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी जस्तो दीर्घकालीन महत्वको संस्था स्थापना गरेका थिए । यो कार्य नेपाल र नेपाली जनताको मुक्ति र स्वतन्त्रता प्राप्तिका लागि एक युगान्तकारी छलाङ थियो । यो एक अत्यन्तै महत्वको ऐतिहासिक दिन भएकैले विश्वका कम्युनिस्ट क्रान्तिकारीहरुले १५३ औं लेनिन जयन्ति (दिवस) र हामी नेपाली कम्युनिस्टहरुले ७४औं नेकपा स्थापना दिवसअंगै लेनिन जयन्ति पनि मनाइरहेछौं । यस सन्दर्भमा प्रथम रूसी समाजवादी क्रान्तिका महान् नेता क. लेनिनप्रति र नेकपाका संस्थापक नेताहरु क्रमश: क.पुष्पलाल श्रेष्ठ, क.नरबहादुर कर्माचार्य, क.निरन्जन गोविन्द वैद्य र क. नारायण विलास जोशी र क. मोतीदेवी श्रेष्ठप्रति हार्दिक सम्झना, श्रद्धा र सलामी अर्पण गर्दछु । जम्मा चार-पाँचजना सचेत युवाहरुले मात्र त्यतिबेलै कम्युनिस्ट पार्टी जस्तो क्रान्तिकारी शक्तिको ऐतिहासिक आवश्यकता र महत्व बुझेर क्रान्तिकारी विश्वनेता क। लेनिनको जन्मदिन पारेर सन् १९४९ अप्रैल २२ मा नै नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । १५३ औं लेनिन जयन्ति र ७४ औं नेकपा स्थापना दिवसको यस पुनित र पावन सन्दर्भमा नेपाललगायत विश्वभर क्रान्ति र मुक्तिको लागि लडिरहेका सम्पूर्ण शक्ति र व्यक्तिहरुलाई आआफ्नो देसको मौलिकता र विशेषतामा आधारित भएर मालेमाको पथप्रदर्शनमा क्रान्तिलाई अविचलित, अथक, निरन्तर र निर्भीक रुपमा अघि बढाउनको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

यद्यपि आज नेकपाको स्थापना भएको दिन र संस्थापक सदस्यका बारेमा विभिन्न कोण र कारणबाट विवाद उठेको छस तथापि जगजाहेर तथ्यमा आधारित सार्वभौम सत्य के हो भने नेकपाको स्थापना २२ अप्रैलमै भएको थियो र त्यो स्थापना कार्यमा प्राविधिक कारणले गर्दा क। मोतीदेवी श्रेष्ठ छुट्नु भएकोले उपरोक्त चार जनाले मात्र स्थापनाको निर्णय गर्नुभएको थियो । क। मोतीदेवी श्रेष्ठ पनि पार्टी स्थापना गर्नकै लागि भनेर काठमाडौंबाट कलकत्ता जाँदा त्यतिबेलाको यातायातको अव्यवस्थाले गर्दा २२ अप्रैलमा पुग्न सक्नुभएन र अर्को दिन मात्र उहाँ पुग्नुभएको थियो । तथापि त्यो स्थापना कार्यमा उहाँले तत्काल सहमति जनाउनु भएको थियो । त्यसैले उहाँसहित पाँच जना संस्थापक र २२ अप्रैल स्थापना दिवसको रुपमा मानिनु उपयुक्त हुन्छ र नेपालका अधिकांश शक्ति, व्यक्ति, अध्येता, अनुसन्धाता र इतिहासकारहरुले यही नै मान्दै आएका छन् । तथापि कतिपय शक्ति, व्यक्ति र अनुसन्धाताहरुले भने पार्टी स्थापना गरिएको घोषणा स्वरुप १५ सेप्टेम्बरमा नेकपाको पहिलो पर्चा प्रकाशन भएकोले सन् १९४९ कै सेप्टेम्बर १५ लाई पार्टी स्थापना दिवस र क. मोतीदेवी सहित पाँच जनालाई संस्थापक मान्ने गरेको पाइन्छ । पार्टी स्थापना भएको घोषणास्वरुप प्रकाशित पार्टीको पहिलो पर्चा प्रकाशन भएको दिनलाई नै पार्टी स्थापना दिन मानेर जाने प्रचलन विश्व कम्युनिस्ट आन्दोलनमा पनि नभएको त होइन तर नेपालका सन्दर्भमा कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशन भएको दिनलाई अर्थात् १५ सेप्टेम्बरलाई पार्टी स्थापना दिवस मान्ने हो भने पनि संस्थापक त पाँच मात्र होइन धेरै मान्नुपर्ने हुन्छ । किनकि त्यतिबेला त अन्य कयौं कमरेडहरुलाई थपेर पार्टी पुनर्गठन गरी केन्द्रीय समितिको विस्तार गरिएको थियो । त्यसैले क. माओले भनेझैं तथ्यमा आधारित भएर सत्य पत्ता लगाउने बैज्ञानिक विधि अवलम्बन गर्नुपर्छ । यसनिम्ति हामी आग्रह/पूर्वाग्रहबाट बच्नुपर्छ र तथ्यबाट प्राप्त सत्यलाई आत्मसात गर्न तयार हुनुपर्छ । यसो गर्ने हो भने के कुरा घाम जत्तिकै छर्लङ्ग हुन्छ भने स्थापना गर्ने कार्य २२ अप्रैलमै उपरोक्त चारजनाबाटै भएको हो । पार्टी स्थापना गर्ने उद्देश्यले काठमाडौंबाट कलकत्ता हिंडे पनि समयमै पुग्न नसकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने निर्णय गरिएको उक्त बैठकमा क। मोतीदेवी श्रेष्ठ उपस्थित हुन असमर्थ हुनु भएको थियो तापनि क. उहाँ लगत्तै अर्को दिन २३ अप्रैलमा त्यहाँ पुगेर
पार्टी स्थापना गर्ने निर्णय र कार्यमा उहाँले सहमति जनाउनु भएको थियो । त्यसैले उहाँलाई संस्थापककै मान्यता दिनु सारमा सही र न्यायपूर्ण हुन्छ । त्यसमाथि पनि तत्कालीन निरंकुश जहाँनियाँ राणाकालीन सामन्ती समाज र शासनकालमा एउटी आदिवासी(जनजातिकी महिलाले त्यत्रो साहस र संघर्ष गर्नु धेरै ठुलो महत्वको कार्य भएकोले त्यस कार्यको उच्च र सच्चा मूल्यांकन गर्दै क। मोतीदेवी श्रेष्ठलाई पनि संस्थापक मान्नु बिल्कुल सही हुन्छ । साथै १५ सेप्टेम्बरमा पार्टीको पहिलो पर्चा प्रकाशन गरेर त्यही पर्चा मार्फत पार्टी स्थापनाको घोषणा गर्ने कार्यमा पनि क। मोतीदेवी सहमत हुनुभएकोले उहाँलाई नेपाल कम्युनिस्ट पार्टीको संस्थापक सरहकै मान्यता दिई उपरोक्त चार जनाका साथै उहाँसहित अन्य चारजना गरी पाँचै जनालाई संस्थापक मान्नुपर्ने स्वत: स्पष्ट छ ।

पछि पार्टी स्थापनाको घोषणा गर्दा पार्टी पुनर्गठन गरी केन्द्रीय समिति निर्माण गर्दै त्यसमा मनमोहन, शम्भुराम, डीपी अधिकारी आदि कयौंलाई थप गरी घोषणा गरिएकोले ती सबैलाई प्रथम पुनर्गठित केन्द्रीय सदस्य र पहिलो पर्चा मार्फत नेकपा स्थापनाको घोषणा गरिएको दिन १५ सेप्टेम्बरलाई पार्टी स्थापनाको घोषणा दिवसको रुपमा स्वीकार्नु नै वास्तवमा वस्तुवादी, तथ्यसंगत र सत्यसम्मत हुन्छ ।

यसरी नै बुझ्न, बुझाउन र कार्यान्वयन गर्न, गराउन सम्बन्धित सबैलाई अपिल गर्दै लेनिन दिवस र नेकपा स्थापना दिवस मनाउने सन्दर्भले हामी सबै छरिएर रहेका क्रान्तिकारीहरुलाई एकीकृत, ध्रुवीकृत र केन्द्रीकृत गरी क्रान्तिकारी पार्टी पुनर्गठन, सुदृढीकरण र शुद्धीकरण गर्न सद्बुद्धि प्रदान गरोस् । तत्पश्चात् कम्युनिस्ट क्रान्तिमा साहस, स्वच्छता, स्वाभिमान र स्वविवेकका साथ समर्पित भएर लाग्न हामी सबै क्रान्तिकारी भनिएका आजका क्रान्तिप्रेमीहरुलाई यो दिवसले हौसला, प्रेरणा, बुद्धि र शक्ति समेत देओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विडम्बना के छ भने स्थापना कालदेखि नै नेकपा विवाद्को घेरामा पर्दै आएको छ र सुरुवातबाटै आग्रह/पूर्वाग्रह, प्रतिशोध र निषेधका प्रवृत्तिहरुले त्यहाँ स्थान पाइरहेका छन्  त्यतिबेलादेखि हालसम्मका हाम्रा विभिन्न थरीका स्कूलिङका कारण हामी पनि विभाजित भएर आजसम्म विवाद हल गर्ने भन्दा पनि विवाद बढाउन बल, छल र कल गरेर सत्यलाई छोप्ने दुस्प्रयास पनि जान-अन्जानमा गरिरहेका छौं । त्यसैले हामी हाम्रो पूर्ववत शिक्षा र मनोगत इच्छाबाट प्रभावित र परिचालित भएर होइन, यथार्थलाई आत्मसात गरेर जाने निर्मम र कठोर प्रयास गर्नुपर्दछ । यसो गर्दा तत्काललाई हामीलाइ केही असहज लागे पनि त्यो सत्य तीतो लागेझैं मात्र हुनेछ, जो तीतो अन्ततः हितकारी नै हुन्छ । २२ अप्रैल मनाउने सन्दर्भका कार्यक्रम, बहस र लेखन/विश्लेषणहरुबाट हामी सबैलाई यसरी नै सोंच्ने र गर्ने चिन्तन, चेतना र चरित्र प्राप्त होस् भन्ने आशा र कामना गर्दछु । साथै, यसरी चल्न/चलाउन सक्यौं भने मात्र हामीले नेपाली कम्युनिस्ट आन्दोलनलाई सही दिशामा र तीव्र वेगमा अघि बढाउन अनि सफल, सार्थक र उपलब्धिमूलक बनाउन सक्दछौं ।
धन्यवाद !

वि.सं.२०७९ वैशाख १० शनिवार ०९:४२ मा प्रकाशित

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...