back
CTIZAN AD

सिभिल क्यापिटलले ल्यायो निःशुल्क डिम्याट खाता सेवा

वि.सं.२०७९ वैशाख १० शनिवार

627 

shares

काठमाडौं । सिभिल क्यापिटल मार्केट लि.ले निःशुल्क डिम्याट खाता संचालन सेवा ल्याएको छ ।

ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी २०७९ आषाढ मसान्तसम्म संचालनमा ल्याइएको यो सेवामा नयाँ डिम्याट खाता रजिष्ट्ेशनका साथै पहिलो वर्षको नविकण शुल्कमा लाग्ने रु.१५०.०० पनि निःशुल्क गरिएको हो । तर मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क रु.५०.०० भने कम्पनीले लिनेडिपि विभाग प्रमुख मणीराज काफ्लेले बताए ।

त्यसै गरी PMS/Corporate Advisory ; सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिक झनकराज ढुंगेलले बताए । याे सेवामा समेत यहि आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुने बताइएको छ । विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन (IPO), निक्षेप सदस्य (DP), लगानी व्यवस्थापको कार्य (PMS), शेयर प्रत्याभुति (Underwriting) र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ । शुरुदेखि हालसम्म IPO- ३० वटा, RTS- ३५ वटा, Right
Share – ३२ वटा, Share Auction -२० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरीसकेको छ । निकट भविष्यमा नै सामुहिक लागानी कोष Share Auction शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए ।

यस संस्थाले दिइरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापनको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंक लि.को सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए । यो योजना यहि २०७९ साल बैशाख ११ गते आइतवारबाट लागु हुनेछ । संस्थाले सन्ध्याकालिन सेवाको समेत संचालन गरिरहेको छ । साथै, आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिनेसुविधा दिन पनि गइरहेको प्रमुख कार्यकारी अधिकृतले बताए ।

वि.सं.२०७९ वैशाख १० शनिवार १०:०८ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...