काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । शाहले राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका हुन् ।
शाहले २८ बुँदे प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन् । शाहले २८ बुँदे घोषणपत्र समेत सार्वजनिक गरेका छन् । उनले आफ्नो घोषणपत्रमा वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र स्थापना गर्ने जनाएका छन् । शाहले घोषणा पत्रमा खेलकुद र युवा सशक्तिकरणका विषयलाई प्राथमिकतामा राखेका छन् ।
साथै शाहले शिक्षामा सूचना प्रविधि, सीप, उद्यमशीलतालाई जोड दिने, स्वास्थ्यमा प्रत्येक वडामा नियमित स्वास्थ्य परीक्षणका लागि क्लिनिकको सुरुवात गर्ने, ७० वर्ष माथिका नागरिकको उनीहरुकै घरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका विषय समावेश छन् । उनको उम्मेदवारी चर्चाको विषय बनेको छ ।
यस्तो छ बालेन शाहको घोषणापत्र
वि.सं.२०७९ वैशाख ११ आइतवार १३:४६ मा प्रकाशित






























