back
CTIZAN AD

निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउँदै दल

वि.सं.२०७९ वैशाख ११ आइतवार

672 

shares

महेन्द्रनगर । निर्वाचनका लागि दलहरुले उम्मेदवार टुङ्गो लगाउन थालेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) आफ्नो उम्मेदवार टुङ्गो लगाउने अन्तिम कसरतमा छन् ।

झण्डै तीन सातायता कञ्चनपुरमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) छलफलमा रहे पनि पालिका बाँडफाँटमा सहमति जुटाउन सकेका छैनन् । एमालेले भने कञ्चनपुरका पाँच पालिकामा पार्टीबाट चुनाव लड्ने नगर प्रमुखको टुङ्गो लगाएको छ ।

एमालेका अनुसार दोधारा-चाँदनी नगरपालिकामा राजीव खड्का, बेदकोट नगरपालिकामा सुशीला सिंह, शुक्लाफाँटा नगरपालिकामा रणबहादुर महरा र कृष्णपुरमा लोकन्द्र पन्तलाई नगरप्रमुखमा उम्मेदवार बनाएको छ ।

त्यसैगरी  लालझाडी गाउँपालिकामा यसअघि नै एमालेले निर्मल रानालाई सर्वसम्मत उम्मेदवार बनाइसकेको थियो । एमालेले  भीमदत्त, पुनर्वास र बेलौरी नगरपालिका तथा बेल्डाँडी गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाउन बाँकी छ ।

नेपाली कांग्रेसमा पार्टी सचिव हेमराज ओझाले गठबन्धन दलबीच आज पनि छलफल चलिरहेको बताए । “हामीले गठबन्धन दललाई चार पालिका छाड्ने हो”, सचिव ओझाले भने, “भागबण्डाको विषय आज टुङ्गो नलागे सोमबार मित्रवत्रुपमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दिने पनि हुनसक्छ ।” उनले सहमतिको अन्तिम प्रयासका लागि नेताहरु लागिपरेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बेलौरीमा रामदत्त जोशी, पुनर्वासमा सनतजंग गिरी, कृष्णपुरमा जगदीश भट्ट, शुक्लाफाँटामा जीतसिंह भण्डारी, बेदकोटमा बमबहादुर बम र भीमदत्त नगरपालिकामा गजेन्द्रबहादुर चन्दलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ ।

“बाँकी पालिकामा समेत केहीबेरमा टुङ्गो लागेर भीमदत्त र बेदकोटबाहेक सबै पालिकामा आजै उम्मेदवारी दर्ता गरिसक्ने भन्नेछ”, राप्रपाका भीमदत्त नगर नगर कमिटी अध्यक्ष करनसिंह पालले भने, “विगतको भन्दा उत्साहका साथ हामी चुनावी मैदानमा आएका छौँ ।”

 

वि.सं.२०७९ वैशाख ११ आइतवार १४:५६ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...