back
CTIZAN AD

स्थानीय तहको निर्वाचनका लागि आज शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन भइरहेको 

वि.सं.२०७९ वैशाख ११ आइतवार

690 

shares

सुदूरपश्चिम । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज कैलालीमा उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले मध्याह्नसम्म जिल्लाका १३ वटै पालिकामा उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा भइरहेको जानकारी दिए ।

विभिन्न दलका उम्मेदवार बाजागाजा, नाचगानसहित जुलुस प्रदर्शन गर्दै उम्मेदवारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा पुगेका थिए । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० नेकपा ९एकीकृत समाजवादी०सहितका दलले भने सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने जनाएका छन् ।

दलहरुले सबै तहमा उम्मेदवारको टुङ्गो लगाउन नसक्दा उम्मेदवारीको मनोनयन दर्तामा ढिलाइ भएको जनाइएको छ । धनगढी उपमहानगरको प्रमुखमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारीमा रहेका नेता रणबहादुर चन्दले आफूहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने बताए ।

उपमहानगरपालिकाका सबै पदमा कसलाई उम्मेदवार बनाउने भन्नेमा पार्टीले लगभग टुङ्गो लगाइसकेको चन्दले बताए । नेपाली कांग्रेसका जिल्ला सचिव नृप सुनारले गठबन्धन दलबीच सबै तहमा साझा उम्मेदवार बनाउनेबारे भइरहेको छलफलमा सहमति जुटाउन समय लागेकाले उम्मेदवारी दर्तामा ढिलाइ भएको बताए ।

उनले भने ‘‘छलफल जारी भए पनि पालिकाको पदमा सहमति जुटाउन समस्या भइरहेको छ, साँझसम्म सहमति जुटाउने प्रयास भइरहेको छ ।’’

वि.सं.२०७९ वैशाख ११ आइतवार १५:३९ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...