back
CTIZAN AD

मेयर लड्न हत्तपत्त राजीनामा दिएका मन्त्रीले टिकट नपाएपछि…

वि.सं.२०७९ वैशाख ११ आइतवार

807 

shares

काठमाडौं । मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले राजीनामा फिर्ता लिएका छन् । मेयरमा उठ्ने तयारी स्वरुप यादवले आइतबार पदबाट राजीनामा दिएका थिए । तर, मेयरको टिकट पक्का नभएपछि उनले फिर्ता लिएका हुन् ।

उनले दिएको राजीनामा स्वीकृत भइसकेको थिएन । उनले मेयर पदमा टिकट पाउने निश्चित नभएपछि हत्तपत्त पुनः फिर्ता लिएका थिए ।

यादव नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रदेश सरकारमा सहभागि छन् । उनी तत्कालिन नेकपाबाट सिरहाको निर्वाचन क्षेत्र नं. ३ ‘ख’बाट निर्वाचित भएका थिए ।

यादव नेकपा (एस)का सिरहा जिल्ला अध्यक्षसमेत हुन् ।

“मेयरको टिकट पाउने सुनिश्चित नभएपछि दिएको राजीनामा मैले फिर्ता लिएको हुँ”, यादवले सञ्चारमाध्यमसँग भनेका छन्, “सिरहा नगरपालिकामा सत्ता पक्षीय गठबन्धन गरेर नेकपा एसलाई नै मेयर पद दिने भन्ने मौखिक सहमति भए पनि व्यवहारमा नमान्दा म पछाडि हटेँको हुँ ।”

यादवले चलाखाइँपूर्वक प्रदेशसभाबाट राजीनामा नदिएको बुझिएको छ । यादवले मन्त्री पदबाट मात्रै राजीनामा दिएका थिए ।

वि.सं.२०७९ वैशाख ११ आइतवार १६:४८ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...