back
CTIZAN AD

एमाले पाल्पाले लगायो स्थानीयतह निर्वाचनमा उम्मेदवारको टुंगो (यस्तो छ नामावली)

वि.सं.२०७९ वैशाख ११ आइतवार

777 

shares

पाल्पा । नेकपा एमालेले पाल्पाले पाल्पाका १० स्थानीयतहमा उम्मेदवारको टुंगो लगाएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि पाल्पाको तानसेन नगरपालिकाको मेयर पदमा जिल्ला अध्यक्ष अध्यक्ष धनेन्द्रराज घिमिरे र उपमेयरमा शशि श्रेष्ठको नाम टुंगो लगाएको छ ।

त्यसैगरी रामपुर नगरपालिकाको प्रमुखमा शिव अर्याल, उपाध्यक्षमा दुर्गा राना, निस्दी गाउँपालिका अध्यक्षमा मुक्त बहादुर सारु र उपाध्यक्षमा तीरण श्रेष्ठ, पूर्वखोला गाउँपालिकाको अध्यक्षमा नुनबहादुर थापा र भागिरथी भट्टराई उम्मेदवार बनेका छन् । थापा र भट्टराई पूर्व जनप्रतिनिधि हुन् ।

त्यस्तै रम्भा गाउँपालिकामा विष्णुप्रसाद भण्डारी र राधादेवी श्रेष्ठ, बगनासकाली गाउँपालिकाको अध्यक्षमा सरस्वती दर्लामी चिदी उपाध्यक्षमा हरि पाठक, तिनाउ गाउँपालिका अध्यक्षमा प्रेम श्रेष्ठ र उपाध्यक्षमा सावित्रा रानालाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी माथागढी गाउँपालिका अध्यक्षमा यम चिदी र उपाध्यक्षमा विष्णु लुङ्चेलाई उम्मेदवार बनाएको छ । साथै रैनादेवी छहरा गाउँपालिकाका अध्यक्षमा रामबहादुर राउत र उपाध्यक्षमा गीता भट्टराई घिमिरे उम्मेदवार बनाइएको छ ।

त्यस्तै रिब्दीकोट गाउँपालिकाकोअध्यक्षमा नारायण बहादुर जिसी र उपाध्यक्षमा लक्ष्मी खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पालिकाको वडा नं ४ को अध्यक्षमा तेज बहादुर पोखरेल र सदस्यहरुमा इशा गौतम, विष्णुमाया बोहोरा, मिना श्रेष्ठ र सुमन पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

वि.सं.२०७९ वैशाख ११ आइतवार १६:४७ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...