back
CTIZAN AD

स्थानीय तहको निर्वाचन लोकतन्त्रलाई गाउँ टोलसम्म पर्याउने एउटा अभियान भएको अध्यक्ष भट्टराईको भनाई

वि.सं.२०७९ वैशाख ११ आइतवार

726 

shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तहको निर्वाचन लोकतन्त्रलाई गाउँ टोलसम्म पर्याउने एउटा अभियान भएको बताएका छन् । अध्यक्ष भट्टराईले आइतबार पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘स्थानीय निर्वाचन ३५ हजार जनप्रतिनिधि निर्वाचित भएर लोकतन्त्रलाई गाउँ, वडा र टोलसम्म पुर्याउने एउटा अभियान हो । त्यसैले यो निर्वाचनमा हाम्रो पार्टीको विचारमा प्रदेश र संघको निर्वाचनभन्दा पनि बढी महत्वपूर्ण छ ।’  उनले आफूहरुले घोषणापत्रमा भ्युटावरको कुरा नगरेको बताए । शिक्षा र स्वास्थ्य कसरी सर्वसुलभ बनाउने, निःशुल्क बनाउने, गुणस्तर बनाउने र घरघरमा पुर्याउने भन्ने जस्ता प्राथमिकता आफूहरुको रहेको उनको भनाइ छ ।

भट्टराईले डोजरे विकास भनेर जतासुकै भत्काउँदै हिँड्ने प्रवृत्तिलाई पनि आफूहरुले नयाँ ढंगले लैजाने बताए । त्यसप्रति उनले प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘लोकतन्त्रलाई घर दैलोमा पुर्याउने र विकास पनि माथिबाट लाद्ने होइन, तलबाटै ल्याउने हाम्रो मुख्य प्रतिबद्धता छ । हाम्रा प्रतिबद्धता विशिष्ट र नवीन छ’ ।

वि.सं.२०७९ वैशाख ११ आइतवार १६:४२ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...