back
CTIZAN AD

स्थानीयतह निर्वाचन : उम्मेदवार मनोनयन दर्ता आज बेलुका ५ बजेसम्म

वि.सं.२०७९ वैशाख १२ सोमवार

852 

shares

काठमाडौँ । स्थानीयतह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन् ।

निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोयन प्रक्रिया शुरु भएको थियो । निर्वाचन आयोगले गत चैत ४ गते उम्मेदवारको मनोयन दर्ता दुई दिन गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । देशभरका ७५३ स्थानीय तहका लागि कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ ।

उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिनसबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको सूचना प्रणालीमा कूल १० हजार ५३३ उम्मेदवारी दर्ता भएको छ । सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त नभएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगको सूचना प्रविधि शाखाले प्राप्त तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ ।

सो शाखाकाअनुसार प्रणालीमा सङ्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल ९७३, उपप्रमुख र उपाध्यक्षमा ४९४, वडा अध्यक्षमा दुई हजार २२६ को उम्मेदवारी दर्ताको विवरण सङ्कलन भएको आयोगले जनाएको छ ।
वडासदस्यमा तीन हजार १९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० गरी कूल वडासदस्यमा १० हजार १०७ मनोनय दर्ता भएका छन् ।

वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ ।
वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०७९ वैशाख १२ सोमवार ०९:३० मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...