back
CTIZAN AD

मुम्बईको लगातार आठौं हार, केएल राहुलले जडे दोस्रो सतक

वि.सं.२०७९ वैशाख १२ सोमवार

969 

shares

१२ वैशाख, काठमाडौँ । २०२२ को आईपिएलमा मुम्बई इन्डियन्स लगातार आफ्नो आठौं खेलमा पराजित भएको छ । मुम्बई आफ्नो आठौं खेलमा लखनऊ सुपर जायन्ट्ससँग ३६रनले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएका थिए । लखनऊका लागि ब्याटिङ्गमा कप्तान केएल राहुलले सतकीय पारी खेलेका थिए । उनी ६२ बलमा १०३ रन बनाएर नटआउट रहेको थिए । उनको यस आईपिएलमा यो दोस्रो सतक हो । मुम्बईका लागि बलिङ्त तर्फ रिले मेरिडिथ र किरोन पोलार्डले सर्वाधिक २ २ विकेट हात पारेका थिए ।

१६९ रनको लक्ष्य मुम्बईले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । मुम्बईको टिमले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३९ रन बनाएका थिए भने लखनऊका लागि बलिङ्गमा कृणाल पांड्याले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै लखनऊ सुपर जायन्ट्स ८ खेलबाट १० अकं जोड्दैँ अकं तालिकाको चौँथो स्थानमा उक्लिएको छ ।

वि.सं.२०७९ वैशाख १२ सोमवार १०:११ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...