back
CTIZAN AD

पोखराको मेयर पदमा पौडेलको नाम काटेर कृष्ण थापालाई अघि सार्यो एमालेले

वि.सं.२०७९ वैशाख १२ सोमवार

852 

shares

काठमाडौं । स्थानीयतहको निर्वाचनका लागि नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयरमा नाम सिफारिस भएका दीपक पौडेलको नाम काटिएको छ ।

आइतबार दिनभरी पौडेलले सिक्रि चोरेको भिडियोसहित सामाजिक संजालमा एमालेको चर्को आलोचना भएपछि आइतबारै एमालेले मेयरको उम्मेदवार रहेका पौडेलको नाम काटेर गण्डकी प्रदेश सांसद तथा केन्द्रीय सदस्य कृष्ण थापालाई मेयरको उम्मेदवार बनाएको हो ।

मेयरको उम्मेदवारमा आफ्नो नाम मनोनयन गर्न नपाउँदै आइतबार दिनभर पौडेलको चर्को आलोचना भएपछि एमाले अध्यक्ष केपी ओलीले उम्मेदवार परिवर्तन गर्ने विषयमा छलफल गरेका थिए । सोहि अनुरुप पौडेलको नाम काटेर मेयरमा थापाको नाम अघिद सारिएको बताइएको छ ।

त्यस्तै आइतबार आफ्लाई नसोधि पार्टीले आफ्नो नाम उपमेयरमा टुंगो लगाएको भन्दै आपत्ति जनाएकी केन्द्रीय सदस्य मन्जु देवी गुरुङले पनि अन्ततः उपमेयर पदमा चुनव लड्न तयार भएको बताइएको छ । गुरुङ २०७४ को निर्वाचनमा पोखरा महानगरको मेयरमा निर्वाचित भएकी थिइन् ।

वि.सं.२०७९ वैशाख १२ सोमवार १०:३१ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...