back
CTIZAN AD

महँगो बन्नु हुँदैन कुनैपनि अभियानहरु

वि.सं.२०७३ चैत ६ आइतवार

1.1K 

shares

pramod-rana

दम्भ र हठ र पूर्वाग्रह नफ्याकिन राष्ट्रले निकास पाउने स्थिति अझै छैन । मधेसी मोर्चाका नेताहरुले जनताले चाहेको स्थानीय तहको निर्वाचनलाई धक्का नपुग्ने गरी सिंहदरबारभित्रै बसेर आफ्ना असन्तुष्टिहरु राख्न जरुरी छ । थोरै लाभका लागि धेरै हानी बेर्होनुपर्ने स्थितिको अध्ययन मधेसवादी नेताहरुले गर्नैपर्ने हुन्छ । यहि अभ्यास र अनुभुतिका सकारात्मक पाटोलाई समात्दै नकारात्मकतालाई छोड्नुनै सबैका लागि बुद्धिमानी र मुलुकमा लागि इमानदारिता पनि हुनेछ ।

नजिकिँदै गरेको स्थानिय निकायको चुनावको प्रचार–प्रसार स्वरुप फागुन २१ गतेबाट काकडभिट्टाबाट सुरु गरेको मेची–महाकाली अभियान एमालेका लागि मात्र नभएर देशकै लागि महँगो सावित भएको छ । काकडभिट्टाबाट सुरु गरेको एमालेको मेची महाकाली अभियानको तेश्रो दिनमा मोर्चाका कार्यकर्ता र प्रहरी वीच भएको झडपमा मोर्चाका ५ जना कार्यकर्ताले प्रहरीको गोली लागेर ज्यान गुमाउनु परेको छ ।
सीमांकन र प्रदेश सम्बन्धी संविधान संशोधनलाई लिएर असन्तुष्ट रहेको संयुक्त लोकतान्त्रिक मोर्चाका कार्यकर्ताले एमालेको मेची–महाकाली अभियानका क्रममा विरोधस्वरुप कालो झण्डा देखाउने र ठाउँ ठाउँमा प्रदर्शन गरेको थियो । सोहि क्रममा फागुन २३ का दिन सप्तरी राजविराजमा गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रभित्र मोर्चाका कार्यकर्ताद्धारा एमालेले गरेको जनसभा विथोल्न खोजेपछि भएको प्रहरी र मोर्चा कार्यकर्ताको झडपमा प्रहरीको गोली लागेर सप्तरी मलेठ २ का २५ वर्षीय सन्जन मेहता, मलेठ ४ का ५० वर्षीय पिताम्बर मण्डल, प्रसवनी ४ टेङ्गरीका ३५ वर्षीय सिनियर अहेव आनन्द कुमार साह र मलेठ ४ का विरेन्द्र महतो तथा जमुनी मधेपुरा १ का ५५ वर्षीय इनरदेव यादवले ज्यान गुमाएका थिए ।
उनीहरुको ज्यान गएपछि मधेसी जनता आक्रोशपूर्णरुपमा बिरोधमा उत्रिएका थिए । यता स्थानीय चुनाव गराउन सरकार लागि परेका बेला मधेसमा भएको यस्तो घटनाले सरकारनै संकटमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा एमालेले ३ दिनका लागि अभियाननै स्थगित गर्नुपरेको थियो ।
मोर्चाले आफ्ना कार्यकर्ता मारिएको विरोधमा केहीदिन मधेस बन्दको आव्हान समेत गरेको थियो । अन्तत ः मृतकका परिवारले १० लाख क्षतिपुर्ति सहित उनीहरुका बालबालिकालाई निशुःल्क शिक्षा दिने घोषणा गरेपछि मधेशी मोर्चाले आन्दोलन फिर्ता लिएको थियो । जसोतसो आन्दोलन फिर्ता लिएपनि मोर्चाले माओवादी केन्द्र र काँग्रेसको संयुक्त सरकारलाई दिएको सर्मथन फिर्ता लिएर सरकारबाट बाहिरीएको घोषणा गरेको छ ।
मेची–महाकाली अभियान स्थगित गरेर काठमाडौं फर्केको एमालेले धुमबाराहीस्थित आफ्नो मृख्यालयमा पत्रकार सम्मेलन गरी अभियानका क्रममा एमाले अध्यक्ष लगायतको मुख्य नेताहरुको एक चिहान बनाउने षडयन्त्र मधेसमा गरिएको आरोप लगाउँदै महासचिव इश्वर पोखरेल हस्ताक्षरित विज्ञप्ति निकालेर घटनाको भत्र्सना गरेको थियो भने मधेसी मोर्चाले एमालेले मधेसमा आफ्नो शक्ति प्रदर्शन गर्ने क्रममा दम्भ र जथाभावि बोलेर मधेसी जनतामा अघात पु¥याएको आरोप लगाएको छ ।
कतै समर्थन कतै विरोधकै क्रममा फागुन २७ गते हेटौडाको भुटनदेवि विद्यालयको प्रांगडमा एमालेका मुख्य नेताहरुद्धारा जनसभालाई सम्बोधन गर्दै पुनः सुरु भएको एमालेको मेची महाकाली अभियान अन्ततः कन्चनपुरको भिमदत्तनगरमा पुगेर चैत ३ गते अभियान समापन भएको घोषणा गरेको छ । एमालेले बैशाख ३१ को स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिदै कार्यकर्तालाई चुनावको तयारीमा लाग्न आव्हान समेत गरेको छ । सोहि क्रममा एमालेले भारतीय एसएसवीको गोली लागेर मारिएका कन्चनपुर पुर्नवासका सहीद गोविन्द गौतमको परिवारलाई सम्मान स्वरुप पाँचलाखको चेक र उनका छोरीहरुका लागि एकथान ल्यापटप हस्तान्तरण समेत गरेको छ ।
एमालेले आफू मधेस विरोधि होइन मधेसमा पनि आफ्नो शक्ति देखाउनुका साथै स्थानीय चुनावमा मनोबैज्ञानिक प्रभाव पार्न गरेको मेची महाकाली अभियानलाई अब कसैले पनि प्रतिशोधका रुपमा नबुझी राजनीतिक गाठा फुकाउन र स्थानीय तहको निर्वाचनमार्फत संविधान कार्यान्वयन गर्न जरुरी छ । दम्भ र हठ र पूर्वाग्रह नफ्याकिन राष्ट्रले निकास पाउने स्थिति अझै छैन । मधेसी मोर्चाका नेताहरुले जनताले चाहेको स्थानीय तहको निर्वाचनलाई धक्का नपुग्ने गरी सिंहदरबारभित्रै बसेर आफ्ना असन्तुष्टिहरु राख्न जरुरी छ । थोरै लाभका लागि धेरै हानी बेर्होनुपर्ने स्थितिको अध्ययन मधेसवादी नेताहरुले गर्नैपर्ने हुन्छ । यहि अभ्यास र अनुभुतिका सकारात्मक पाटोलाई समात्दै नकारात्मकतालाई छोड्नुनै सबैका लागि बुद्धिमानी र मुलुकमा लागि इमानदारिता पनि हुनेछ ।
एमालेको यो अभियानबाट पाठ सिकेर अन्य सबै दलहरुले यस्ता अभियानहरुमा जनताको ज्यानै जाने खतरा निम्तिन नदिन सजगरहनु पर्नेछ ।

वि.सं.२०७३ चैत ६ आइतवार ०४:१० मा प्रकाशित

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

आजको विश्व राजनीति एक जटिल संक्रमणकालमा छ, जहाँ अमेरिकाको एकाधिकार...

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...