back

मोरङमा तीन सय छ मतदानस्थल हुने

वि.सं.२०७३ चैत ६ आइतवार

549 

shares
IME Limited
NTC AD

६ चैत, पथरी (मोरङ)। स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने भएको छ ।

पूर्व क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईका अनुसार दोस्रो संविधानसभाको चुनावमा २७० मतदानस्थल थिए ।

पैँतालीस निर्वाचनस्थल थप्न केन्द्रमा सिफारिस गरेको भट्टराईको भनाइ छ । उहाँका अनुसार सुनवर्षी र सुन्दरहरैचा नगरपालिका पाँच÷पाँच केराबारी गाउँपालिका पाँच, त्यस्तै धनपाल गाउँपालिका चार, उर्लाबारी नगरपालिका र बूढीगङ्गा गाउँपालिका दुई÷दुई जहदा र कटहरी गाउँपालिका तीन÷तीन, ग्रामथान र कानेपोखरी गाउँपालिका एक÷एक त्यस्तै रतुवामाई नगरपालिका तीन, बेलबारी नगरपालिका चार, लेटाङ भोगटेनी नगरपालिका तीन, रङ्गेली नगरपालिका दुई, पथरी शनिश्चरे एक, मिक्लाजुङ गाउँपालिकामा एक मतदानस्थल थपिने क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

मोरङमा नौवटा संसदीय निर्वाचन क्षेत्र रहेको छ । स्थानीय तह निर्वाचनमा यहाँबाट ८२९ जनप्रतिनिधि निवाचित हुनेछन् । मोरङमा एक उपमहानगरपालिका, आठ नगरपालिका, आठ गाउँपालिकासहित १७ स्थानीय तह छन् ।

नगरपालिकामा प्रमुख र उपप्रमुख तथा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष निवाचित हुनेछन् । स्थानीय तहको प्रत्येक नगर र गाउँपालिकाबाट एक प्रमुख, एक उपप्रमुख तथा प्रत्येक वडाबाट एक अध्यक्ष र एक महिलासहित चारजना सदस्य निर्वाचित हुने व्यवस्था छ ।

वि.सं.२०७३ चैत ६ आइतवार ०४:५३ मा प्रकाशित

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई...

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...