back
CTIZAN AD

नुवाकोटका दुई वटा वडामा दलित महिलामा उम्मेदवारी नै परेन

वि.सं.२०७९ वैशाख १४ बुधवार

606 

shares

काठमाडौं । जिल्लाको दुईवटा वडामा स्थानीय तह निर्वाचनको लागि सोमबार भएको मनोनयनमा दलित महिलामा उम्मेदवारी नै दर्ता नभएको पाइएको छ ।

दुप्चेश्वर गाउँपालिका–१ र तारकेश्वर गाउँपालिका–६ मा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न पार्टीले उम्मेदवारी दर्ता गराए पनि दुप्चेश्वर–१ मा दलित महिला पदमा उम्मेदवारी नपरेको दुप्चेश्वर गाउँपालिका निर्वाचन अधिकृत केशरबहादुर पण्डितले जानकारी दिनुभयो । दुवै वडामा दलितको घर नै नभएका कारण कुनै पनि दलले उम्मेदवार पाउन नसकेको कारण खाली हुन पुगेको हो ।

यसैबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नुवाकोटका १२ वटा स्थानीय तहमा दुई हजार २४ ले उम्मेदवारी दिएका छन् ।

आइतबार र सोमबार भएको मनोनयनमा जिल्लाका १२ स्थानीय तह र ८८ वटा वडाका लागि विभिन्न राजनीतिक दलहरूका तर्फबाट उम्मदेवारी दर्ता भएको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाका अध्यक्ष र सदस्य गरी ४६४ पदको लागि उम्मेदवारी परेको हो ।

निर्वाचन अधिकृतहरूले दिएको जानकारीअनुसार स्थानीय तह २० जना अध्यक्षमा ७० जना, १५ जना उपाध्यक्षमा ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षमा ४७० जना, महिला सदस्य ३६७ जना, दलित महिला सदस्य ३०८ जना सदस्य ७१९ जनाले उम्मदेवारी दर्ता गराएका छन् ।

वि.सं.२०७९ वैशाख १४ बुधवार ०८:२६ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...