back
CTIZAN AD

पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी, तीन वडा सदस्य निर्विरोध

वि.सं.२०७९ वैशाख १४ बुधवार

798 

shares

रामपुर, पाल्पा । आसन्न स्थानीय तह निर्वाचनका लागि पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडामा ४२५ पदका लागि उम्मेदवारी परेको हो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कल्पना पौडेलका अनुसार पालिका प्रमुख÷अध्यक्षमा ५१, उपप्रमुख÷उपाध्यक्षमा ३८, वडाध्यक्षमा २४४, महिला सदस्यमा १९७, दलित महिला सदस्यमा १८१ र खुला सदस्यमा ४२२ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् ।
नेकपा (एमाले)बाट उम्मेदवारी दिएका तीन वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । पूर्वखोला गाउँपालिका–२ जल्पामा महिला सदस्य उम्मेदवार भिमीसरा आले, वडा नं ५ वीरकोटकी दलित महिला सदस्य उम्मेदवार पार्वती हिताङ्ग सार्की र निस्दी गाउँपालिका–६ अर्चलेका दलित महिला सदस्य उम्मेदवार लालीमाया विक निर्विरोध भएका हुन् ।

 

वि.सं.२०७९ वैशाख १४ बुधवार १०:०२ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...