back
CTIZAN AD

स्थानीयतह निर्वाचनः आज उम्मेदवारहरुको नामावली प्रकाशन गरिँदै

वि.सं.२०७९ वैशाख १५ बिहीवार

882 

shares

काठमाडौं । स्थानीयतको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारीहरुको आज नामावली प्रकाशन गरिने भएको छ ।

निर्वाचन आयोगले यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज बेलुका ६ बजेसम्म प्रकाशन गर्ने भएको हो ।

उम्मेदवारी मनोनयन दर्ता गरेका उम्मेदवारहरुविरुद्ध परेका उजुरीहरुको आयोगले जाँचबुझ गरिरहेको छ । आयोगका अनुसार २०७४ को निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा रहेका झण्डै १५ जना व्यक्तिको उम्मेदवारी खारेज भएकोछ ।

मनोनयन दर्ता गराएका उम्मेदवारहरुले भोली शुक्रबारसम्ममा आफ्नो मनोनय फिर्ता लिन सक्ने छन् भने अन्तिम नामावली शुक्रबारै प्रकाशन गरिने र १७ गते उम्मेदहरुलाई चुनाव चिन्ह प्रदान गरिने पनि आयोगले जनाएको छ ।

७५३ स्थानीयतहको ३५ हजार २२१ पदका लागि १ लाख ४७ हजार २७४ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । जसमा प्रमुख पदका लागि ३४३०, उपप्रमुखमा २०९७, अध्यक्ष पदमा ३,३६३, उपाध्यक्षमा २३८२, वडा अध्यक्षमा ३४ हजार ३५७, महिला सदस्यामा २५ हजार ३४५, दलित महिला सदस्यमा २२ हजार ८९९, सदस्यमा ५३ हजार ४०१ जनाले उम्मेदवारी दिएका छन् ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार ०८:३८ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...