back
CTIZAN AD

युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेश मन्त्री सहमत

वि.सं.२०७९ वैशाख १५ बिहीवार

825 

shares

मस्को ।रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमती जनाएका छन् ।

रुसको भ्रमणमा आएका भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि रुस तयार रहेको जानकारी दिए ।

भेटवार्तापछि दुवै जनाले संयुक्तरूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले युक्रेनसँगको वार्तालाई फेरि अगाडि बढाउने बारेमा सहमति भएको बताउनुभयो ।

युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनले स्पष्ट पारे ।

उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटक पटक वार्ताहरू पनि भएको तर युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दाबी गरे ।

आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो । त्यसपछि पनि पटक पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेका थिएनन् । तर पछिल्लो समयमा वार्ता नै अवरुद्ध भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको दुई महिना पूरा हुँदासम्म पनि युद्ध अन्त्यका लागि ठोस सङ्केत नदेखिएपछि राष्ट्रसङ्घीय महासचिव रुस आउनु भएको हो । उहाँले यसपछि युक्रेनको भ्रंमण गर्ने तालिका छ ।

युक्रेन प्रस्थान गर्नुअघि रुसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने “म शान्ति प्रक्रियालाई अगाडि बढाउन मस्कोमा आएको हुँ, चाँडै नै शान्ति प्रक्रिया अगाडि बढ्ने विश्वास गरेको छु ।”

रुसी विदेशमन्त्री लाभ्रोभसँगको वार्ता अत्यन्त सकारात्मक र उपलब्धिमूलक भएको पनि उनले जानकारी दिए । सिन्ह्वा

वि.सं.२०७९ वैशाख १५ बिहीवार ०७:५१ मा प्रकाशित

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...