back
CTIZAN AD

आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारको उम्मेदवारी रद्द

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

666 

shares

सुदुरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ ।

समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिए । यसैगरी वडा नं ५ बाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा, वडा नं ४ बाट महिला सदस्यमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी)का पार्वतीदेवी भाट, वडा नं ६ बाट राप्रपाको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यलाल डगौँराको उम्मेदवारी रद्द भएको छ ।

वडा नं ६ को वडाध्यक्षमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका दिलीपराज भण्डारीको उम्मेदवारी पनि रद्द भएको छ । वडा नं ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका झगरु राना र वडा नं १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी देवी स्नेहीको समेत उम्मेदवारी रद्द भएको छ ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर ओड, नेकपा (एमाले)का रणबहादुर चन्द, राष्ट्रिय जनमोर्चाकी अञ्जना श्रेष्ठ, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालकी भारती थापा उम्मेदवार रहेकी छन् ।

प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट रहेका छन् । उपप्रमुखको उम्मेदवारी दिनेमा नेकपा (माओवादी केन्द्र)की शान्तिकुमारी अधिकारी क्षेत्री, एमालेकी कन्दकला रानाथारु, विवेकशील साझा पार्टीकी विमला पन्त, नागरिक उन्मुक्ति पार्टीकी सावित्री देवी चौधरी, राप्रपाका दुर्गादत्त पन्त र स्वतन्त्र प्रभाकर भण्डारी रहेका छन् ।

जिल्लाको पूर्वी क्षेत्रको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका दुई जनामध्ये सुशीला शाहीको उम्मेदवारी कायम गरी भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरिएको छ । सो पार्टीले आधिकारिक उम्मेदवार यकीन गरी पठाएकाले थापाको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए । यस्तै नेकपा (माओवादी केन्द्र)का तर्फबाट सो नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका धीरेन्द्र रावलको उम्मेदवारी पार्टीगतरुपमा आधिकारिक नभएपछि रद्द गर्नुपरेको चौधरीले बताए । सो नगरपालिकाको खुला सदस्यका एक उम्मेदवारको पनि उम्मेदवारी रद्द भएको छ ।

जिल्लाको गोदावरी नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये नौ जनाको उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले बताए । १२ वडा रहेको सो नगरपालिकाको प्रमुखमा नौ जना, उप्रमुखमा पाँच, वडाध्यक्षमा ६९, सदस्यमा २२४ जनाले उम्मेदवारी दिएका छन् ।

१९ वडा रहेको उपमहानगरपालिकाका प्रमुखमा तीन, उपप्रमुखमा एक जना स्वतन्त्र उम्मेदवार छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै वडामा गरी वडाध्यक्ष र सदस्य गरेर थप ६५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । वडाध्यक्ष र सदस्यका सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार ५, १४ र १९ नं वडामा छन् । वडा नं ६, १० र १८ का वडाध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारी परेको छैन । प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी सबै वडामा विभिन्न दल र स्वतन्त्रसमेत गरी ६१९ ले उम्मेदवारी दिएका छन् । रासस

वि.सं.२०७९ वैशाख १६ शुक्रवार १६:४१ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...