back
CTIZAN AD

कांग्रेसले थप्यो अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमिति सदस्य

वि.सं.२०७९ वैशाख १८ आइतवार

855 

shares

काठमाडौं । नेपाली कांग्रेसको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिमा २७ सदस्य थप गरेको छ । कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलको संयोजकत्वमा रहेको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिमा शनिबार सदस्य थप गरेको हो ।

कांग्रेसले सुमना तिमिल्सिना धनकुटा, हरिदर्शन श्रेष्ठ दोलखा, सुनिल पोखरेल सप्तरी, विश्वदीप लिङ्देन झापा, अनिता यादव धनुषा, डा नारायणविक्रम थापा काठमाडौँ, बिर्ख रावल कैलाली, अनिता शर्मा नवलपरासी, डा महेन्द्रकुमार मल्ल सुर्खेत, विपीन अधिकारी तनहुँ, विकासकुमार रोका ललितपुर, डा लालबहादुर पुन बागलुङ, पेम्वा शेर्पा भोजपुर, नवीन श्रेष्ठ गोरखा, डा कृष्णप्रसाद पौडेल कास्की र सङ्गीता फुँयाल भक्तपुर रहेका छन् ।

यसैगरी होम विश्वकर्मा ओखलढुङगा, सञ्जय यादव सिरहा, जयराम दाहाल नुवाकोट, डा सुरज काफ्ले काठमाडौँ, विजय सम्वाहाम्फे लिम्बू तेह्रथुम, धर्मेन्द्रकाजी श्रेष्ठ गोरखा, अइन्द्र केरुङ झापा, लक्ष्मण पन्थी अर्घाखाँची, महेश नेपाली काठमाडौँ, सानुबाबु महर्जन ललितपुर र ई. भुवन भट्ट डडेल्धुरालाई सदस्य थप गरिएको छ ।

यसअघि पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीका केन्द्रीय सदस्य पौडेलको संयोजकत्वमा अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमिति गठन गरेका थिए ।

वि.सं.२०७९ वैशाख १८ आइतवार ११:२३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...