back
CTIZAN AD

ओम आदि फाउन्डेसनद्वारा दुई पालिकालाई एम्बुलेन्स हस्तान्तरण

वि.सं.२०७९ वैशाख १८ आइतवार

702 

shares

१८ वैशाख, काठमाडौँ । ओम आदि फाउन्डेसनले झापाको कमल गाउँपालिका र बैतडीको सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

बालयोगी गुरु आदित्यको सदिच्छाबमोजिम सेवामूलक काम गर्न गत वर्ष वैशाखको कोरोना सङ्क्रमण तीव्र भएदेखि आदित्य जनहित कल्याण कोष स्थापना भएको थियो । कोषले यस वर्ष दुई एम्बुलेन्स हस्तान्तरण गरेको फाउन्डेसनका महासचिव भोलानाथ रेग्मीले राससलाई जानकारी दिए ।

कोषमा बालयोगी आदित्यका शिष्यले इच्छाबमोजिम सहयोग जम्मा गर्ने व्यवस्था मिलाइएको छ । शिष्यलाई पनि कोषमा सहयोग जम्मा गर्न कर गरिएको छैन । इच्छा लाग्नेले जम्मा गर्नसक्ने व्यवस्था मिलाइएको उहाँले सुनाउनुभयो । त्यही रकमबाट देशको पूर्व र पश्चिमका दुई दुर्गम गाउँपालिकाका स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

फाउन्डेशनले गत वर्ष वैशाखमा कोरोना तीव्ररुपमा फैलिएका बेला देशका विभिन्न जिल्लामा औषधि, अक्सिजनसहित खाद्यान्न सहयोग गरेको थियो । कोरोना सङ्क्रमण उच्च भएर मानिस छटपटाउन थालेपछि बाल गुरु आदित्यको इच्छाबमोजिम कोष स्थापना गरेर स्वेच्छिकरुपमा जम्मा भएको सहयोगबाट सेवा गरिँदै आएको जनाइएको छ ।

वि.सं.२०७९ वैशाख १८ आइतवार १२:२० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...