back
CTIZAN AD

गार्डेन मार्टको १७औं शाखा पोखराको चाउथेमा

वि.सं.२०७९ वैशाख १८ आइतवार

633 

shares

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले पोखराको चाउथेमा १७औं शाखा सञ्चालनमा आएको छ । सहकारीले पोखरा महानगरपालिका १४ स्थित चाउथेमा मार्टको १७औं शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त नयाँ शाखाको उद्योग बाणिज्य संघ पोखराका प्रथम बरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले शनिवार एक कार्यक्रमका वीच उद्घाटन गरेका थिए । मार्टको सञ्चालनले स्थानीयलाई किनमेलको नयाँ अनुभव दिने बताउँदै उपाध्यक्ष प्रजापतिले यसले स्थानीय स्तरमा रोजगारीको समेत सिर्जना गर्ने बताए । उपभोक्तालाई एउटै छानामुनी दैनिक उपभोग्यवस्तु देखि अन्य विभिन्न सामान किनमेलको अनुभव दिलाउने उदेश्यले यो मार्ट सञ्चालनमा ल्याइएको सहकारीले जनाएको छ ।

मार्टमा चामल, चिनि, दाल लगायतमा दैनिक उपभोग्य बस्तु, सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरु उपलब्ध रहेको शहकारीले जनाएको छ । यसका अतिरिक्त मार्टमा महिलाहरुका लागि श्रृंगारका सामग्रिहरु, फ्रिज, बासिङ्ग मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरु विक्रिका लागि राखिएको सहकारीले जनाएको छ ।

र्ट शुभारम्भको अवसरमा सामग्रिहरुको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट पाउने सहकारीका अध्यक्ष शुशिल बानियाले जानकारी दिए । अध्यक्ष बानियाका अनुसार बचत संकलन र ऋण प्रवाहका अतिरिक्त सहकारीले प्रत्यक्ष नाफामुलक व्यवसायमा समेत लाग्नु पर्छ भन्ने हिसावले यो मार्ट सञ्चालनमा ल्याइएको हो ।

सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको किर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौडा, बुटबलको जोगिकुटी, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगाढी, डडेलधुरा, दाङ्गको घोराही, बाँकेको चाँदनी चोकमा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ ।

वि.सं.२०७९ वैशाख १८ आइतवार १२:३२ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...