back
CTIZAN AD

नुवाकोटका तोयानाथको भावुक अपिल- ‘प्रभा छोरी तिमी सर्वोच्च पदमा पुग्नुपर्छ’

वि.सं.२०७९ वैशाख १९ सोमवार

1.4K 

shares

नेकपा माओवादी केन्द्रका नेता तथा नुवाकोटका राजनीतिज्ञ तोयानाथ थपलियाले एउटा भावुक अपिल सार्वजनिक गरेका छन ।

माओवादी नेता पोष्ट बहादुर बोगटीको सहयात्री भएर क्रान्तिकारी राजनीति स्थापीत गर्न लागिपरेका थपलियाले बोगटीकी छोरी प्रभा बोगटीलाई संबोधन गर्दै भावुकता अभिव्यक्त गरेका हुन् ।

प्रभा यतिबेला पांच दलीय गठबन्धनबाट चुनावमा उठेपनि नुवाकोटका सबै दलको साझा उम्मेदवारको रुपमा मान्न थपलियाले बिशेष अनुरोध गरेका छन् ।

उनले भनेका छन ‘यस पटक विदुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र ) ले प्रभा वोगटीलाई उमेद्वार वनाएको छ । उनि गठवन्धनको साझा उमेद्वार हुन् । उनका वावा पोष्टवहादुर वोगटी माओवादी नेता भएकोले गाउं र घरमा वस्न समेत पाईनन् र वाल्यकालमै जनयुद्धमा सामेल भईन् र कुशलतापुर्वक युद्धमा पार्टीले दिएको जिम्मेवारी पूरा गरिन् । शान्ति सम्झौतापछि एसएलसी पास गरेर उच्च शिक्षा अध्ययन गरिन् । त्यतिवेला पोष्टवहादुरले भनेको भए वा प्रभाले चाहेको भए काठमाडौंका नाम चलेका कलेजहरुले निःशुल्क पढाईदिन्थे ।

तर पोष्टवहादुर दाइले छोरी तेरो कलेजमा पढाउन पर्यो भन्नु भयो र हाम्रो श्वेत सदन उच्च माविवाट ंप्लस टु अध्ययन पूरा गरिन् र अन्य कलेजवाट उच्च शिक्षा पूरा गरिन् । त्यतिवेला प्रचण्ड पुत्र प्रकाशसंग उनको सम्वन्ध विच्छेद भई सकेको थियो । प्रभामा नेता पुत्रीको घमण्ड न कतै देखिन्थ्यो न त पूर्व छापामारको दम्भ ।

No description available.

शहिद प्रतिष्ठान र वावाको सचिवालयको काम समेत गर्दै एक कुशल संचारकर्र्मीको भूमिका निर्वाहउनले गरिन् । परिवारका सवै लिएर जनयुद्धमा होमिएका वोगटी परिवारका एकमात्र पुत्र रवि वोगटी जनयुद्धमै शहिद वने । प्रभाले दाजु गुमाईन् । माओवादी नेताहरुले अरुका छोरालाई लडाएर आफ्ना छोराछोरी विदेश पढाए भनि आरोप लगाउनेहरु यो परिवारको पूरै सदस्यहरु युद्धमा समर्पित भएको र नेताको छोरा शहिद भएको कुरालाई प्रचारमा ल्याउन रुचि राख्दैनन ।

माओवादीलाई वदनाम गर्न सकिने छिद्रहरुमात्रै खोज्दै हिडछन् । दीवंगत नेता पोष्टवहादुर वोगटीको देश र जनताप्रतिको समर्पण र देशका सवै दलका नेताहरुसँग मित्रवत व्यवाहार गर्न सक्ने अदभुत क्षमताको वर्णन सवैले गरेका छन् । आफ्ना पिताको त्यो क्षमता म प्रभा वोगटीमा पाउंछु । मलाई थाहा छैन प्रभाको त्यो क्षमता जन्मजात हो वा पितावाट सिकेकी हुन् । प्रभाका भन्दा युद्धमा कम योगदान भएका र युद्धपछि पार्टीमा जोडिएकाहरु केन्द्रीय सदस्य सांसद र मन्त्री भई सकेका छन् ।

तर प्रभाले नगर कमिटीको अध्यक्ष हुदै नगरको उपमेयरको चुनाव लडेर ग्राउण्डवाटै राजनीति सुरु गर्ने जमर्को गरेकी छिन् । हामी नुवाकोटका जनताले उनको यस अभियानलाई स्यालुट गर्नैपर्छ । सायद आज पोष्टवाहादुर जिवित भएको भए छोरीलाई उपमेयर वनाउन खोजेको भयंकर आरोप लाग्ने थियो, जसरी क प्रचण्डमाथी हमला भएको छ त्यसरी नै हमला हुने थियो ।

नुवाकोटवाट जितसिंग खडका, प्रकाशचन्द्र लोहनी, अर्जुन नरसिहं के सि पोष्ट वहादुर वोगटी, डा रामशरण महत, प्रकाशशरण महत केन्द्रीय राजनीतिमा आ–आफ्ना कालमा प्रभावकारी रहे । नयां पुस्तावाट नेतृत्वको विकाश अनिवार्य छ । केन्द्रीय राजनीतिमा नुवाकोटको दरिलो उपस्थिती अवको एक दशकपछी नुवाकोटे चेली प्रभा वोगटीवाट हुन सक्छ र त्यो क्षमता मैले उनिमा देखेको छु । केन्द्रीय राजनीतिमा युवा पुस्ताको नुवाकोटबाट उपस्थितीको लागि प्रभाको अहिलेको उपमेयरको विजय अनिवार्य छ । प्रभा माओवादी केन्द्रको तर्फवाट पांचदलीय गठवन्धनको विदुर नगरपालिकाको उपमेयरको साझा उमेदवार भए पनि उनी सम्पूर्ण नुवाकोटे जनताकै साझा उमेद्वार हुन । सम्पुर्ण महिला, दलित, जनजाति र न्यायप्रेमि जनसमुदायको साझा उमेद्वार हुन् । दलीय स्वार्थ भन्दामाथि उठेर हामिले प्रभालाई विजयी गराउदा कसैले हार्ने छैन र सवै नुवाकोटे जुनसुकै दलमा भए पनि सबैले जितको अनुभुति गर्न पाउने छौं । पंचायती प्रधानमंन्त्री मरिचमानको राजनैतिक यात्रा प्रधान पंञ्चवाट शुरु भएको थियो ।

छोरी प्रभा तिमिले आफ्नो राजनतिक यात्रा विदुरको उपमेयरवाट शुरु गरेकी छ्यौं । यो यात्राको गन्तव्य भविश्यमा मुलुकको सर्वोच्च पदसम्म पुग्न सफलता मिलोस् तिमीलाई शुभकामना ।

जिल्लामा उम्रदै गरेको कलिलो विरुवालाई निमोठेर हैन मलजल गरेर विशाल वृक्ष वनाउन म विदुर नगरका मतदाताहरुलाई अनुरोध गर्दछु । अग्रज नेताहरु नुवाकोटका भनेर जसरी हिजो हामिले गर्व गरेका थियौ, त्यसैगरी भोली पनि गर्व गर्नका लागी एक डेढ दशकपछी केन्द्रीय राजनीतिमा नुवाकोटको उपस्थिति र हस्तक्षेपका लागि हामी सवै नुवाकोटवासीहरुले हाम्री चेली प्रभा वोगटीलाई साथ सहयोग सुझाव सल्लाह आसिर्वाद र मताधिकार हुनेले मत दिएर विजयी वनाऔं ।’

वि.सं.२०७९ वैशाख १९ सोमवार १३:३५ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...