back
CTIZAN AD

स्वतन्त्र उम्मेदवारी दिएका रुपन्देहीका १५ सहित २१ जनालाई कारबाही गर्यो एमालेले (सूचीसहित)

वि.सं.२०७९ वैशाख १९ सोमवार

879 

shares

काठमाडौं । नेकपा एमाले रुपन्देहीले पार्टीको निर्णय विरुद्ध गएर स्वतन्त्र उम्मेदवारी दिएका तथा अन्य क्रियाकलापमा संलग्न रहेको भन्दै रुपन्देहीका १५ सहित २१ जनालाई कारबाही गरेको छ ।

सो पार्टीका लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकुष्ण कँडेल र जिल्ला कमिटी रुपन्देहीका इन्चार्ज तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै पार्टी निर्णयका विरुद्ध लागेका लुम्बिनी प्रदेश कमिटीका ६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको बताएका छन् ।

कँडेलका अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरी कपिलवस्तुका कुमार मधु वेल्वासे, पाल्पाका राम बहादुर रावल र दिनेश रावल, प्युठानका टिका बहादुर गुरुङ तथा रुपन्देहीका संन्जय गुप्ता र बाबुलाल यादवलाई कारबाही गरिएको बताएका छन् ।

‘पार्टीका निम्ती यसप्रकारको अनुशासनहिनता क्षम्य हुँन सक्दैन । तसर्थ उल्लेखित व्यक्तिलाई आजकै मितिदेखि लागु ुहने गरी पार्टीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको जानकारी गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी एमालेले पार्टीका विरुद्ध गएर स्वतन्त्र उम्मेदवारी दिएका १५ जनालाई पनि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको विज्ञप्ति जारी गरेको छ ।

May be an image of text

May be an image of text

वि.सं.२०७९ वैशाख १९ सोमवार १५:२३ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...