back
CTIZAN AD

हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज विश्वविद्यालयकै मोडेल कलेज बन्नेछ : उपकुलपति कोइराला

वि.सं.२०७९ वैशाख २० मंगलवार

846 

shares

काठमाडौं । हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पुर्वाअञ्चल विश्वविद्यालयकै मोडेल कलेज बन्ने उक्त विश्वविद्यालयका उपकुलपति प्राडा. यादबराज कोइरालाले बताएका छन् । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजको पुतलिसडक स्थित भवनको उद्घाटन समारोहमा बोल्दै उपकुलपति प्राडा. कोइरालाले कलेजले पुर्वाअञ्चल विश्वविद्यालयको नीति निर्माण तथा कार्यक्रममा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको बताए । साथै उनले विश्वविद्यालयको अहिलेसम्मको विकासमा कलेजले महत्वपुर्ण भूमिका निर्वाह गरेको र आगामी दिनमा थप विकास गर्ने अपेक्षा व्यक्त गरे ।

त्यस्तै कार्यक्रमका अतिथि तथा पुर्वाअञ्चल विश्वविद्यालयका रजिष्टार निलम पोख्रेलले हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज अहिले विद्यार्थीहरुको रोजाइको कलेज बन्दै बताए । कलेजले भौतिक पुर्वाधार र व्यवस्थापन पक्ष राम्रो बनाएको भन्दै उनले कलेजको व्यवस्थापन पक्षलाई धन्यबाद दिए ।

No description available.

कार्यक्रममा बोल्दै कलेजले उत्कृष्ट शैक्षिक सुविधा विकास गरेको र सो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले गुणस्तरिय शिक्षा प्राप्त गरेको कुरामा आफु विश्वस्त रहेको पुर्वाञ्चल विश्वविद्यालयका परिक्षा नियन्त्रक प्राध्यापक मोहन बहादुर बस्नेतले बताएका थिए । साथै कलेजले आगामी दिनमा थप विकास गर्ने शुभकामना उनले दिएका थिए । त्यस्तै कार्यक्रमका अर्का अतिथि तथा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्राडा. बिनोद पराजुलीले आफ्नो भवन बनाउनु र सोही ठाउँमा अध्ययन अध्यापन गराउन पाउनु गौरबको विषय भएको बताएका थिए । कलेजको लागि यो खुसीको कुरा भएको बताउँदै उनले आगामी दिनमा कलेजले थप विकास गर्ने शुभकामना प्रदान गरेका थिए । त्यस्तै पुर्वाअञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. शन्देशदास श्रेष्ठले हिमालयन ह्वाइट हाउस कलेजले विश्वविद्यालयको प्रतिष्ठालाई थप सहयोग गरेको बताएका थिए ।

No description available.

हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले काठमाडौं पुतलीसडकमा आधुनिक र विशाल नयाँ भवनको निर्माण गरेर अध्ययन अध्यापनलाई शुरुवात गरेको छ । वैशाख १९ गते सोमबार कलेजले एक समारोहको आयोजना गरी उक्त नयाँ भवनको उद्घाटन गरेको छ । नयाँ भवनको उद्घाटन पुर्वाअञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. यादवराज कोइरालाले गरेका थिए । उक्त भवन उद्घाटन समारोहको अध्यक्षता कलेजका प्रिन्सिपल तोयानारायण कोइरालाले गरेका थिए भने सञ्चालन नारायण आचार्यले गरेका थिए । कार्यक्रममा कलेजका सञ्चालक, अतिथि, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

No description available.

वि.सं.२०७९ वैशाख २० मंगलवार ०८:०२ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

प्रकाश सिलवाल, काठमाडौँ। 'हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ...

आजदेखि एसइई परीक्षा

आजदेखि एसइई परीक्षा

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

काठमाडाैँ । नवलपुरको देवचुली नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परीक्षाअन्तर्गत...