back
CTIZAN AD

नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गरेको आरोपमा मुद्दा दायर

वि.सं.२०७९ वैशाख १९ सोमवार

960 

shares

काठमाडौं । राजश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार भक्तपुर सूर्यविनायक-१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरिएको हो । राजश्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धिकर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजश्व चुहावट गरेको पाइएको छ ।

विभागले रु नौ करोड ६७ लाख ३२ हजार ५६० बराबरको बदमासी गरेको पाइएको भन्दै सोहीअनुसारको माग दाबी गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ रु तीन करोड ४० लाख १८ हजार र आयकरतर्फ रु छ करोड २७ लाख १४ हजार ५६० बराबरको बदमासी गरेको पाइएको छ । विभागले बिगोको दोब्बर बराबरले हुन आउने रु १९ करोड ३४ लाख ६५ हजार १२० बराबर असुल गरी कैद सजायकोसमेत माग गरेको छ ।
रासस

वि.सं.२०७९ वैशाख १९ सोमवार १७:०३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...