२० वैशाख, काठमाडौँ । कोलकत्ता नाईट राइडर्सले राजिस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै यस आईपिएलमा आफ्नो चौँथो जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको राजिस्थान रोयल्सले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । राजिस्थान रोयल्सका लागि ब्याटिङ्गमा कप्तान सञ्जु सैमसनले सर्वाधिक ५४ रन बनाएका थिए भने कोलकत्ता नाईट राइडर्सका लागि बलिङ्गमा टिम साउदीले सर्वाधिक २ विकेट लिएका थिए ।
राजिस्थानले दिएको १५३ रनको लक्ष्य कोलकत्ताले १९.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । कोलकत्ताका लागि नितिश राणाले सर्वाधिक ४८ रन बनाएका थिए । त्यसैगरी रिंकु सिंहले २३ बलमा ४२ रनको विस्फोटक पारी खेलेका थिए । बलिङ्ग तर्फ राजिस्थानका लागि ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र कुलदिप सेनले समान १/१ विकेट हात पारेका थिए ।
जितसँगै कोलकत्ता नाईट राइडर्सको टिम १० खेलबाट ८ अकं जोड्र्दै अकं तालिकाको सातौँ स्थानमा उक्लिएको छ ।
वि.सं.२०७९ वैशाख २० मंगलवार ०९:२९ मा प्रकाशित






























