काठमाडौं । बुटवलमा पत्रकारको सुरक्षामा जोड दिँदै प्रेस स्वतन्त्रता दिवस मानाइएको छ । मानव अधिकार तथा शान्ति समाज बटवलले विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षामा जोड दिँदै प्रेस स्वतन्त्रता दिवस मनाएको हो ।
मंगलबार बुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले पत्रकार असुरक्षित हुनु भनेको लोकतन्त्र असुरक्षित हुनु हो भन्दै प्रेस स्वतन्त्रता सदा सर्वदा सुरक्षित हुनुपर्नेमा जोड दिए ।
यसैगरी शान्ति समाज दाङ शाखाको आयोजनामा दाङको तुलसीपुरमा मंगलबार प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा विषयक अन्तरक्रिया सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै समाजका केन्द्रीय वरिष्ठ उपसभापति एवं पत्रकार सुशिल बस्नेतले सञ्चारक्षेत्रमा क्रियाशील ब्यक्तिहरुको मनोवल उच्च बनाउन सबैले योगदान गर्नुपर्नेमा जोड दिए ।
साथै शान्ति समाज कास्की शाखाको आयोजनामा वैशाख १८ गते पोखरामा ‘श्रमको सम्मान : सम्मृद्विको आधार : श्रमिकको अधिकार मानव अधिकार’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको थियो । शान्ति समाज कास्की शाखा सभापति तिर्थराज न्यौपानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
वि.सं.२०७९ वैशाख २० मंगलवार १४:१५ मा प्रकाशित






























