काठमाडौं । नेपाल भ्रमणमा रहेका कांग्रेस नेता राहुल गान्धीको एउटा नाइट क्लबमा रमाएको भिडियो भाइरल भइरहेको छ । जसमा उनी पबमा पार्टी गरिरहेको देखिएका छन् ।
गान्धी नेपालकी आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन काठमाडौं आएका हुन् । सुम्निमाका बुबा भीम उदासले गान्धीलाई छोरीको विवाहमा सहभागी हुन निम्तो दिएका थिए । भीम उदास म्यानमारका लागि नेपाली राजदूत हुन् । उनकी छोरी सुम्निमा पूर्व सीएनएन संवाददाता हुन् ।
सुम्निमाको विवाह मंगलबार हुँदैछ र रिसेप्सन मे ५ मा हुनेछ । सुम्निमाले निमा मार्टिन शेर्पासँग विवाह गर्दैछिन् । धेरै सोशल मिडिया प्लेटफर्महरूमा भाइरल भइरहेको भिडियोमा राहुल नाइट क्लबमा केही व्यक्तिहरूसँग पार्टीमा संलग्न छन्। राहुल वरपर उपस्थित मानिसहरू रक्सी पिइरहेका छन्। कांग्रेस नेतृत्व संकटमा परेको बेला यो भिडियो भाइरल भएको छ ।
Rahul Gandhi was at a nightclub when Mumbai was under seize. He is at a nightclub at a time when his party is exploding. He is consistent.
Interestingly, soon after the Congress refused to outsource their presidency, hit jobs have begun on their Prime Ministerial candidate… pic.twitter.com/dW9t07YkzC
— Amit Malviya (@amitmalviya) May 3, 2022
कांग्रेस समाप्त भयो तर राहुलको पार्टी यसरी चल्नेछ : शहजाद पूनावाला
राहुलको भाइरल भिडियोलाई लिएर भाजपाले प्रश्न उठाएको छ । पार्टी प्रवक्ता शहजाद पूनावालाले भने, “राहुल गान्धी के गर्दैछन् त्यो उनको व्यक्तिगत मामिला हो, तर जब राजस्थानको जोधपुरमा हिंसा भैरहेको छ, राजस्थानमा कांग्रेसको सरकार छ, तर, त्यतारित चिन्ता गर्न छाडेर राहुल गान्धी नेपालको नाइट क्लबमा पार्टी गर्दै रमाएका छन् । भारतका जनताको समस्या जान्न उहाँसँग समय छैन ।”
पूनावालाले अगाडि भनेका छन्, “कांग्रेस पार्टी समाप्त भयो, तर राहुल गान्धीको पार्टी यसरी चल्नेछ, उनी राजनीतिमा गम्भीर छैनन्।”
वि.सं.२०७९ वैशाख २० मंगलवार १४:१० मा प्रकाशित






























