back
CTIZAN AD

भरतपुरमा सत्ता गठबन्धनले शक्ति प्रदर्शन गर्ने, देउवा र प्रचण्डसहित शीर्ष नेता सहभागि हुने

वि.सं.२०७९ वैशाख २० मंगलवार

801 

shares

काठमाडौं । स्थानीय चुनावलाई लक्षित गर्दै पाँच दलीय सत्ता गठबन्धनले भरतपुरमा शक्ति प्रदर्शन गर्ने भएको छ । बिहीबार तय भएको चुनाव केन्द्रीय आमसभालाई सम्बोधन गर्न गठबन्धनका सबै शीर्ष नेता जाने तय भएको नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले जानकारी दिएका छन् ।

आमसभामा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका नेताहरुले सभालाई सम्बोधन गर्नेछन् ।

आमसभालाई सम्बोधन गर्न कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा. शेखर कोइराला समेत सहभागि हुने उनले बताए । आमसभामा जनसहभागिता जुटाउनको लागि व्यापक तयारी थालिएको उनले बताए ।

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रेनु दाहाल छिन्। तर कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्। गठबन्धनका शीर्ष नेताहरुले एकताको सन्देश दिन बृहत आमसभा गर्न लागेका हुन् ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १४:५६ मा प्रकाशित

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट (बागलुङ) । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा...