काठमाडौं । सरकारले लक्ष्य गरेका मध्ये ९८.२७ प्रतिशत राजस्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारको लक्ष्य मध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो ।
अर्थ मन्त्रालयका अनुसार उक्त अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको मन्त्रालयले जनाएको छ ।
यस वर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व र ६१ अर्ब ४७ करोड रुपैयाँ गैरकर राजस्व र अन्य प्राप्ति ३८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
वि.सं.२०७९ वैशाख २० मंगलवार १५:२७ मा प्रकाशित






























