back
CTIZAN AD

स्थानीयतह निर्वाचन : ३५३ निर्विरोध निर्वाचित, कुन दलबाट कति छन् त ?

वि.सं.२०७९ वैशाख २० मंगलवार

660 

shares

काठमाडौं । यहि बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये ३५३ जना निर्विरोध निर्वाचित भएका छन् ।

देशका विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका उम्मेदवार मध्ये ३५३ जना निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार विभिन्न पदमा एकल उम्मेदवारी परेका ३५३ निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित भएकामा नेकपा एमालेबाट  एक अध्यक्ष, २ उपाध्यक्ष, १४ वडा अध्यक्ष, २६ वडा सदस्य, २३ महिला सदस्य र ५७ दलित महिला सदस्यसहित १२३ पद निर्विरोध जितेको छ ।

त्यस्तै गठबन्धनमा रहेका दलहरुमा नेपाली कांग्रेसले एक उपाध्यक्ष, १४ वडाअध्यक्ष, ३१ वडा सदस्य, १५ महिला सदस्य र ४० दलित महिला सदस्यसहित १०१ पदमा निर्विरोध जित हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका तीन वडाअध्यक्ष, पाँच वडा सदस्य, ७ महिला सदस्य र ३९ दलित महिला सदस्यसहित ५४ पदमा जित हासिल गरेको छ ।

नेकपा एकीकृत समाजवादीले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, ६ वडाअध्यक्ष, १२ वडा सदस्य, ७ महिला सदस्य र ६ दलित महिला सदस्य गरी ३४ जना निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै राप्रपाबाट २ वडा सदस्य,जनता समाजवादी पार्टीबाट एक दलित महिला सदस्य  र स्वतन्त्रबाट ६ वडाध्यक्ष र १६ वडा सदस्य, ८ महिला सदस्य र ४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट एक दलित महिला सदस्य, राष्ट्रिय जनमुक्ति पार्टीबाट एक महिला वडा सदस्य र नेपाल मजदुर किसान पार्टीबाट दुई दलित महिला सदस्य गरी हालसम्म ३५३ जना निर्विरोध निर्वाचित भएका हुन् ।

०७४ को निर्वाचनमा ४१२ जना निर्विरोध निर्वाचित भएका थिए ।

स्थानीयतहको निर्वाचनका लागि देशैभरीबाट १ लाख ५३ हजार १४५ जनाले विभिन्न पदमा उम्मेदवारी दिइएकोमा हालसम्म ८ हजार ३३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

स्थानीयतहको निर्वाचन : देशैभरी ३५३ जना निर्विरोध निर्वाचित

वि.सं.२०७९ वैशाख २० मंगलवार १५:४१ मा प्रकाशित

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, औद्योगिक वातावरण...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...