back
CTIZAN AD

काठमाडौंमा एमालेका विवादित अनुहार, विवादले मतलाई कति गर्ला असर ?

वि.सं.२०७९ वैशाख २० मंगलवार

744 

shares

काठमाडौं । काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीहरुको प्रश्नमा केशव स्थापितले भनेका थिए, म जत्तिको व्यक्ति उपर इस्यु भएन भने केशव स्थापित नै भएन, विवादमा नआउने पनि पनि केशव स्थापित हुन्छ र ?” उनीविरुद्व चर्चामा आएको यौन दुव्र्यवहारको आरोपका बारे केही सञ्चारकर्मीले प्रश्न उठाएपछि उनले त्यस्तो जवाफ फर्काएका थिए ।

स्थापितमाथि काठमाडौं महानगरपालिका मेयर हुँदा २ युवतीलाई यौन दुव्र्यवहार गरेको आरोप छ । जुन हालसम्म किनारा नलागेको भएपनि बेला–बेला चर्चामा आइरहन्छ ।

स्थापित उनी आफैंले भनेजस्तै विवादित पात्र हुन् । उनी विवादित पात्र मात्रै होइनन् विवादित हुन चाहने पात्र पनि हुन् ।

हरेक कुरालाई ठट्टा मजाकका रुपमा लिने शैलीका स्थापित अहिले काठमाडौंमा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार छन् । तर, मेयर पदमा उम्मेदवारी दिएसँगै स्थापित थप विवादित बन्न थालेका छन् । उनका यसअघिका विवादित विषय मात्रै चर्चामा आएका छैनन्, उनी आफैंले पनि नयाँ–नयाँ विवाद जन्माएका छन् ।

हालै सार्वजनिक कार्यक्रममा एक युवतिमाथि स्थापितले गरेको व्यवहार र गरेको प्रतिक्रियाले पनि निकै चर्चा पायो । उनले आफुविरुद्व प्रश्न गर्ने एक युवतिमाथि “यू आर नाइस लेडी, बट थुतुनो ठिक छैन”, भन्ने प्रतिक्रिया दिएका थिए । स्थापितको प्रतिक्रिया नै आफैंमा यौनदुव्र्यहार गर्ने शैलीको भएको धेरैको टिप्पणी छ । अहिले उनी सोही विषयबाट पनि चर्चामा छन् ।

स्थापितले आफ्ना प्रतिस्पर्धी तथा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति गरेको टिप्पणी पनि राजनीतिक नभई अभद्र शैलीको छ । उनले बालेन शाहको जातमाथि प्रश्न उठाएका छन् ।

स्थापित तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको वागमती प्रदेश सरकारको मन्त्रीपरिषद्मा पनि थिए । तर, तत्कालिन समय पनि उनी अभद्र र अशिष्ट व्यवहार गरेकै कारण बर्खास्तीमा परेका थिए ।

अहिले तिनै मन्त्रीपदबाट बर्खास्तीमा परेका स्थापितलाई एमालेले काठमाडौंको नेतृत्वको जिम्मेवारी लिन उम्मेदवारी बनाएको छ । तर, विवादै विवादका स्थापितबाट के आशा गर्ने प्रश्न गम्भीर छ ।

यता, उनीसँगै एमालेको तर्फबाट काठमाडौं महानगरमा उपमेयरको उम्मेदवार बनेकी सुनिता डंगोल पनि एक पछि अर्को गर्दै विवादमा तानिएकी छिन् । सुरुमा स्वतन्त्र भन्दै उम्मेदवारी घोषणा गरेकी डंगोल पछि एमालेबाट उम्मेदवार बनिन् । तर, उनले स्वतन्त्र उम्मेदवाहरुप्रति निकै हेपाहा शैलीमा टिप्पणी गरिरहिन् । डंगोलले काठमाडौंमा मेयरका उम्मेदवार बालेन शाहमाथि गरेको टिप्पणी अराजनीतिक मात्रै छैन आफ्नै निम्ति प्रश्न उठाउने खालको छ ।

डंगोलको अहिले शैक्षिक योग्यताको विषय प्रश्नमा घेरिएको छ । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेको छ । डंगोलमाथि झुटो शैक्षिक योग्यता पेश गरेर काठमाडौं महानगरपालिकामा छैटौं तहको कर्मचारी नियुक्ती भएर सेवा सुविधा लिएको आरोप छ ।

डंगोल काठमाडौं महानगरपालिकाको सहायक विज्ञको रुपमा नियुक्ती पाएकी थिइन् । उनले मासिक ८० हजार माथि सेवा सुविधा लिएको आरोप छ ।

विवादले क्षति पुर्‍याउने देखिन्छ

राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई उम्मेदवारहरु विवाद तानिदा त्यसको सोझो प्रभाव मतमा पर्ने बताउँछन् । उनी काठमाडौंमा एमालेका तर्फबाट मेयर र उपमेयरका उम्मेदवार बनेका स्थापित र डंगोलमाथि उठेको प्रश्नले एमालेको लोकप्रियता गम्भीर असर गरेको बताउँछन् । विवादितलाई उम्मेदवार बनाउने विषय दलहरुले त्याग्नुपर्ने भट्टराईको मत छ ।

“काठमाडौंको नेतृत्व लिन आएका व्यक्ति निकै विवादित देखिए, पोखरामा पनि त्यस्तै छ, यो जनमत घटाउने खेलो हो”, भट्टराईले भनेका छन्, “यसले उम्मेदवार बनाउने पार्टीलाई ठूलो क्षति पुर्‍याउँछ ।”

उनले मेयरका उम्मेदवार स्थापितले आफ्नो बोलीमा लगाम लगाउनु पर्ने बताए । उनी अगाडि भन्छन्, “समाजको नेतृत्व गर्छु भनेर आएका यस्ता पात्रले आफ्नो बोलीमा लगाम लगाउनु पर्छ । अराजक र अराजनीतिक टिप्पणीले कसैको भलो हुँदैन ।”

वि.सं.२०७९ वैशाख २० मंगलवार १६:३८ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...