back
CTIZAN AD

भ्रातृ सङ्घ र संस्थालाई अधिवेशन स्थगन गर्न कांग्रेसको आग्रह

वि.सं.२०७९ वैशाख २१ बुधवार

861 

shares

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ सङ्घ र संस्थाका अधिवेशन स्थगन गर्न आग्रह गरेको छ । कांग्रेसले पार्टी आबद्ध भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूलाई आफ्ना पूर्व निर्धारित अधिवेशन तथा महाधिवेशन हाललाई स्थगन गर्न अनुरोध गरेको हो ।

कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन पार्टीका सम्पूर्ण साङ्गठनिक संरचना, भ्रातृ सङ्घ, शुभेच्छुक संस्थालगायत विदेशस्थित जनसम्पर्क समिति क्रियाशील रहेकाले भ्रातृ सङ्घ र संस्थालाई अधिवेशन स्थगन गर्न अनुरोध गरेका छन् । कांग्रेसले निर्वाचनको अन्तिम परिणाम प्राप्त हुनेवित्तिकै अधिवेशन तथा महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरी तदनुरुप गर्न सम्बद्ध सबैमा आग्रह गरेको हो ।

साथै कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रियतापूर्वक लाग्न अनुरोध समेत गरेको छ ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १६:२८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...