back
CTIZAN AD

रामचन्द्र पौडेल भन्छन् – कांग्रेसको प्रतिस्पर्धी माओवादी होइन, एमाले हो

वि.सं.२०७९ वैशाख २२ बिहीवार

729 

shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धी एमाले मात्रै भएको बताएका छन् । चितवनमा सत्तागठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै उनले माओवादी केन्द्र कांग्रेसको मित्र शक्ति भएको बताए ।

“कांग्रेसको प्रतिपर्स्धी माओवादी होइन। एमाले हो”, उनले भनेका छन्, “माओवादी प्रतिस्पर्धी नभएकोले ऊसँग सहकार्य आवश्यक छ।”

कुनै एउटा दलको बहुमत नआउने र गठबन्धन सरकार बनाउनुपर्ने भन्दै उनले माओवादी केन्द्रसँग सहकार्य गर्नु परिस्थितिको उपज भएको बताए । उनले भनेका छन्, “भोलि मिलेर सरकार बनाउनु छ भने स्थानीय चुनाव किन नमिल्ने ?”

गठबन्धन नभएको भए केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म कांग्रेसले बनाउन नसक्ने पनि उनले बताएका थिए। गठबन्धनकै कारण राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि कांग्रेसलाई फाइदा पुगेको उनले बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातिर लैजान खोजेकाले गठबन्धन गर्नु परेको पौडेलको भनाई छ । उनले ओलीले दुईपटक प्रतिनिधि सभा विघटन गरेको बताए। ओलीले प्रतिनिधि सभा विघटन गर्दा आफूले २०१७ साल पुष १ गते सम्झिएको पौडेलले बताए।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १६:०१ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...