
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षा केन्द्र तोकेको छ । बोर्डले जेठ १६ गतेदेखि संचालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको हो ।
बोर्डले सूचना जारी गर्दै बोर्डको वेवसाइटमा परीक्षा केन्द्रको सूची प्रकाशन गरेको छ । साथै बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यलय एवम् शाखा कार्यलयहरुले समेत आ-आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई जानकारी गराउन अनुरोध गरेको छ ।
बोर्डका अनुसार जेठ १६ गतेदेखि २५ गतेसम्म परीक्षा संचालन हुने छ ।
परीक्षा केन्द्रको सूची: